संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका –५ ड्याम साइड फ्याक्सिन्दामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनाको सुरुङ भित्र ढुङ्गा खस्दा एक इन्जिनियर गम्भीर घाईते भएका छन् । घाईते हुनेमा भारतको अरुणअञ्चल प्रदेशका ३५ बर्षीय ताबु ताजी रहेको जिल्ला प्रहरी कार्यालयका संखुवासभाका निमित्त प्रहरी प्रमुख योगराज खतिवडाले जानकारी दिए ।
बुधबार बेलुकी ४ बजे सुरुङ भित्र ढुङ्गा खस्दा अरुण तेस्रो आयोजनामा कार्यरत इन्जिनियर ताजी गम्भीर घाईते भएको निमित्त प्रहरी प्रमुख खतिवडाले बताए । इन्जिनियर ताजीको टाउँकोमा गम्भीर चोक लागेको र जिल्ला अस्पताल संखुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि बिहीबार विहान १० बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । अरुण तेस्रो आयोजनामा भारतिय र नेपाली ३ हजार भन्दा बढी मजदुर कार्यरत छन् ।
तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)