काठमाडौं । आज मंगलबार बिहान ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीका अनुसार, बिहान ७ बजेर १७ मिनेट जाँदा ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
सो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित पूर्वी र मध्य तराईमा पनि महसुस गरिएको थियो ।
युरोपेली–भूमध्यसागरीय भूकम्प मापन केन्द्र (ईएमएससी) का अनुसार भूकम्पको केन्द्रबिन्दु २७.८३२८ उत्तरी अक्षांश र ८७.९४६७ पूर्वी देशान्तरमा जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको छ । सो स्थान भारतको सिक्किमस्थित ग्याल्सिङबाट ६८ किलोमिटर उत्तर–पश्चिम तथा दार्जिलिङबाट ९४ किलोमिटर उत्तर–उत्तरपश्चिममा पर्दछ, जुन नेपालको ताप्लेजुङ जिल्लाको पूर्वी क्षेत्र आसपास हो ।
सम्बन्धित समाचार
विधिपूर्वक गरियो गोबर्धन पूजा
सोमबार पनि सार्वजनिक बिदा
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
पूर्वाधार विकास मन्त्रालयका सात जना इन्जिनियर बर्खास्त
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
प्रधानमन्त्री शाह भारत प्रस्थान
रेलमार्गले जोडिँदै राम–सीताको पवित्र सम्बन्धका दुई धाम
सकियो प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता






