थ्री स्टारमा विक्रमको १२औं वर्ष

काठमाडौं । घरेलु फुटबलको चर्चित ललितपुरको रुस्लान थ्री स्टार क्लबले कप्तान विक्रम लामालाई लगातार १२औं वर्ष लागि क्लबमा राख्न सफल भएको छ । २०६७ सालमा जावलाखेलबाट थ्री स्टार आएका विक्रमले नयाँ सिजनका लागि क्लबसँग नयाँ सम्झौता गरेका हुन् ।

क्लबले विक्रमको १२ औं वर्षको नवीकरण आफ्नो सामाजिक सञ्जालमार्फत बिहीबार अगस्ट १२ तारिखमा १२ बजेर १२ मिनेटको समयमा घोषणा गरेको हो । विक्रमले थ्री स्टार र राष्ट्रिय टोलीका लागि लामो समयदेखि १२ नम्बर जर्सी प्रयोग गर्दै आएका छन् । विक्रमले पछिल्लो ४ वर्षयता टोलीको कप्तानी समेत गर्दै आएका छन् । सम्झौता नवीकरण गर्ने क्रममा विक्रमले यसपटक थ्री स्टार उपाधिको बलियो दावेदार रहेको बताए । ‘हाम्रो टोली एकदम राम्रो छ । अब हामी एकिकृत भएर लक्ष्य प्राप्तिका लागि मिहिनेत गर्नेछौं । मलाई लाग्छ हामी लिग जित्न सक्षम छौं,’ उनले भने ।

विक्रमले थ्री स्टार आफ्ना लागि घर जस्तै रहेको र क्लबले दिएको साथका लागि आभार व्यक्त गरे । विक्रम हाल राष्ट्रिय टोलीसँग पोखरामा रहेका छन् । उनलाई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको तयारीमा रहेको टोलीमा समेटेका हुन् । चोटका कारण ढिलो टोलीमा आवद्ध उनले आफ्नो फिटनेस सिद्ध पारेपछि दोस्रो चरण छनोटमा स्थान बनाएका हुन् ।

कतारमा शल्यक्रियापछि उनी दुई महिनाअघि मात्र नेपाल फर्केका थिए । थ्री स्टारले यसअघि राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ र युवा मिडफिल्डर आयुष घलानसँग पनि सम्झौता गरिसकेको छ । सँगसँगै फरवार्ड संजोक राई र डिफेन्डर निशान खड्का पनि थ्री स्टारकै जर्सीमा रहनेछन् । मिडफिल्डर डोना थापाले पनि क्लबसँग सम्झौता गरिसकेका छन् ।

क्लबले गत सिजनकै अधिकांश खेलाडीलाई क्लबमा राखेको छ । यस सिजन थ्री स्टारको प्रशिक्षण उर्जन श्रेष्ठले सम्हाल्नेछन् । गत सिजन ब्रिगेड ब्वाइज क्लबमा रहेका उनले यस सिजन मोफसलका दुई प्रतियोगिता सम्हाल्दा एकमा च्याम्पियन बनाउन सफल भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)