‘हतियार कब्जा तालिबान आक्रमणको सफलता’

काबुल । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बाैं खर्च ग¥यो । तर, अफगानी सुरक्षा बलको द्रुत पतनले विद्रोहीको हतियार संकलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ ।

अमेरिकी सेनालाई हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, ‘हामीले हाम्रा अफगान साझेदारलाई ‘सबै औजार’ प्रदान ग¥यौं । तर, अफगान सुरक्षा फौजले त्यस लडाइँका लागि खासै जोड देखाएका छैनन् र हजारौंको संख्यामा सक्रिय तालिबानले उनीहरूलाई प्रमुख सहरबाट तुरुन्तै उठाउन थालेका छन् ।’

तालिबान समूहले उनीहरूका सामाजिक सञ्जाल तालिबान लडाकुले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएका छन् । यो अधिकांश हतियार पश्चिमी शक्तिले प्रदान गरेको हो ।

उत्तरी सहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाही रहेको एक दृश्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ ।

पश्चिमी सहर फराहमा, लडाकुले चिलले सर्पलाई आक्रमण गर्दै गरेको तस्बिर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक संकेत हो । यसले के बताउँछ भने विद्रोहीले सरकारी सुरक्षा बलसँगबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामान कब्जा गरेका छन् ।

हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन फ्लिस्नरले एएफपीसँग भने, ‘अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरण आफूसँगै लगे पनि तालिबानको आक्रमणले सो समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोलाबारुद’ दिएको छ ।

विशेषज्ञको भनाइअनुसार तालिबानका क्षेत्रीय सहयोगी समूहको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ ।

‘एस राजारतनाम स्कुल अफ इन्टरनेसनल स्टडिज’का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिबान लडाकुद्वारा कब्जा गरिएका सहरमा उसको अवस्थालाई सुदृढ पार्नेछ ।

अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरीकन अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजारलाई जम्मा गर्न सफल भएका छन् । ‘यो एकदमै गम्भीर कुरा हो, उनले भने, ‘यो तालिबान लडाकु समूहका लागि ‘सफलताको कसी’ हुनेछ । यसको असर कतिपय प्रान्तीय सहर कब्जा गर्ने बेला देखिइसकेको छ ।

अमेरिकी सेना उसको फिर्ता समय सीमाभन्दा अगाडि नै स्वदेश फर्किने तयारी भइरहँदा सन् २००१ मा भएको आतंककारी हमलापछि अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोही पनि अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारसाथ परेड खेल्नु र सहरबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएको सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरिनले एएफपीलाई बताए ।

अफगान राष्ट्रिय सेनालाई संकेत गर्दै उनले भने, ‘अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो । हालको संकट खरिद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।’

तालिबानले आफ्नो सफलतालाई अफबाहका रूपमा फैलाउन सफल भएका छन् । यसले अफगानी सेना तथा अधिकारीलाई मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबान लडाकु शिरदेखि पैतालासम्म विद्रोही पोसाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकोप्टरलाई हेरिरहेको देखिन्थ्यो । हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो ।

विमानले कम्तीमा पनि विमानचालकबिना युद्धभूमिमा कुनै असर पार्नेछैन । सीआईए आतंकवाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भने, ‘तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।’ योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भू–भागमा मार्गनिर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडी हुनेछन् ।

सेनाको मनोबल घट्दै गएसँगै तिनीहरूले पश्चिमी समर्थित सरकारलाई तालिबानले निम्त्याउने खतरालाई बढावा दिनेछन् । संकट बढ्दै जाँदा, बाइडेनको प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ ।

मध्यपूर्वका अवलोकनकर्ताले यो हतियार हस्तान्तरण भएको पहिला नै देखेका छन् । अमेरिकी इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आईएस) समूहले इराकी सहर मोसुललाई कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दुक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्न प्रयोग गरेका थिए । पेरिट्जले यो अहिले एउटा बाटोका रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिबानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौती भइरहने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 293 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन रोकिन सक्ने प्रमुख निर्वाचन आयुक्तको आशंका