राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ ।

उनको उपचारको क्रममा नेपाल एपिएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो । राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन् । अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका छन् ।

संविधानसभा सदस्य समेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् । उनी बैदेशिक रोजगार व्यवसायी संघका पनि संस्थापक अध्यक्ष हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन् । दिउसो ११ वजे पशुपति आर्यघाट स्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 362 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मुलुकभर ८२ हजार २ सय १० जनाद्वारा उम्मेदवारी दर्ता