काठमाडौं । तारकेश्वर नगरपालिका–५ नम्बर वडाका प्रमुख बाँसुप्रसाद गौतमले काठमाडाैंको तारकेश्वर नगरपालिकाभित्रका क्षेत्र बिस्तारै काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय हब बनिरहेको बताएका छन् ।
शनिबार तारकेश्वर नगरपालिका–५ बोहोराटारस्थित मित्रता कोलोनी समाजको अग्रसरतामा निर्मित बस्तीभित्र प्रवेश गर्ने ढलान सडकको उद्घाटन गर्दै पाँच वडाका प्रमुख गौतलले यस्तो बताएका हुन् ।
उनले रिबन काटेर सो सडकको उद्घाटन गरेका थिए । यहाँका प्राकृतिक विविधता, ऐतिहासिक धरोहर र कृषि तथा अन्य स्थानीय उत्पादनको उचित उपयोग एवं प्रवद्र्धन गरी काठमाडौं उपत्यकाकै आकर्षक नमुना पर्यटकीय हब बनाउने कार्यमा आफूहरू निरन्तर लागिपरेको बताउँदै उनले पर्यटकीय पूर्वाधार विस्तार गरी यस क्षेत्रलाई आकर्षक नमुना पर्यटकीय हब बनाउने आफूहरूको लक्ष्यमा साथ दिन सम्बन्धित निकाय र स्थानीयवासीलाई आग्रह गरे ।
उनले हाल सरकारले सार्वजनिक जग्गा उपभोग गर्ने अधिकार स्थानीय तहलाई दिएकाले अब आफ्नो क्षेत्रमा उपयोगविहीन भई खेर गइरहेका सार्वजनिक जग्गा संरक्षण गरी पर्यटकीय पूर्वाधार निर्माण गर्न विगतका वर्षमा भन्दा निकै सहज भएकाले यस नगरपालिकाले सोहीअनुरूपको काम गरिरहेको बताए ।
ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधामलाई काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य हुने भएको छ
तारकेश्वर नगरपालिकाभित्र पनि पाँच वडामा अझ धेरै पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उनले अहिले यस क्षेत्रमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण, ठूलो लगानीका नगरस्तरीय कृषि उत्पादनको बजार र खेलकुद रंगशाला निर्माणको काम अघि बढेको जानकारी गराए ।
कुल १८ करोड रुपैयाँ बजेट अनुमान गरिएको यस क्षेत्रको नगरस्तरीय कृषि उत्पादन बजार निर्माणका लागि हाल ९ करोड रुपैयाँको टेन्डर सम्झौता भइसकेको र ३२ करोड रुपैयाँ लागतमा निर्माण गरिने खेलकुद रंगशालाको डीपीआर तयार भई निर्माण कार्य थालनी भएको जानकारी गराउँदै उनले यस्तो पूर्वाधार विकास निर्माणको लहरमा अहिलेसम्म स्थानीयवासीको राम्रो साथ एवं सहयोग भइरहेको र आगामी दिनमा पनि यस्तै सहयोग हुने अपेक्षा गरिएको बताए ।
आफू निर्वाचित भएर आएको चार वर्षे कार्यकालमा यस क्षेत्रको पूर्वाधार विकास र विस्तारमा धेरै काम भइसकेको दाबी गर्दै उनले अहिलेसम्म त्यसै खेर गइरहेका वस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यामबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भित्र्याउन सकिने बताए ।
अहिलेसम्म यस क्षेत्रमा नगरस्तरीय सडक बाटो र टोलभित्र प्रवेश गर्ने भित्री सडक बाटो ढलान एवं कालोपत्रे हुने कामले निकै तीव्रता पाएको जानकारी गराउँदै नगरपालिकाको लक्ष्यअनुरूप पर्यटकीय पूर्वाधार निर्माणका लागि तारकेश्वर नगरपालिकाले स्थानीयवासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले यस नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यस्थलको प्रवद्र्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताए । अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा व्यवस्थित बस्ती विकास र सडक स्तरोन्नतिका काम पनि बिस्तारै अघि बढेको जानकारी गराउँदै उनले अब स्थानीय सरकारले जनअपेक्षाअनुरूप अघि बढ्न सक्यो भने मात्र समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा सजिलै पुग्न सकिने बताए ।
पर्यटकीय गन्तव्यस्थलको खोजी र डीपीआर बनाउनका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधामलाई काठमाडौं उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य हुने भएको छ । तीनपिप्लेबाट हाइकिङ जानेहरूले पैदल यात्राबाट भुवनेश्वरी मन्दिर, पाँचमाने हुँदै तारकेश्वरधाम महादेवको मन्दिर पुग्न सकिन्छ । पर्यटकीय पूर्वाधारको प्रचुर सम्भावता मात्र नभएर यस क्षेत्र काठमाडौं उपत्यकावासीका लागि हाइकिङ गर्ने उत्कृष्ट गन्तव्य भएको बताए ।
यसैगरी, उनले पर्यटन विकासका लागि निरन्तर लागिपरेको बताउँदै अहिलेसम्म त्यसैखेर गइरहेका वस्तु एवं प्राकृतिक, ऐतिहासिक धरोहर र धार्मिक सम्पदाको उचित उपयोगको माध्यमबाट सजिलै आन्तरिक एवं विदेशी पर्यटक भित्र्याउन सकिने दाबी गरे । अहिले यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि तारकेश्वर नगरपालिकाले स्थानीयवासीको सहकार्यमा केही काम गरेको जानकारी गराउँदै उनले यस नगरपालिका क्षेत्रभित्र रहेका पर्यटकीय गन्तव्यस्थलको प्रवद्र्धनसँगै नयाँ ठाउँको पूर्वाधार विकासलाई अघि बढाएर पर्यटक आकर्षित गर्न सकिने बताए ।
अहिलेसम्म यहाँका स्थानीयवासीको सक्रियतामा व्यवस्थित बस्ती विकास र सडक स्तरोन्नतिका काम पनि बिस्तारै अघि बढेको जानकारी गराउँदै उनले अब स्थानीय सरकारले जन अपेक्षाअनुरूप अघि बढ्न सक्यो भने मात्र समृद्ध मुलुक र सुखी नेपालीको लक्ष्यमा सजिलै पुग्न सकिने धारणा राखे । यसैगरी, उनले तारकेश्वरको आर्थिक समृद्धिको मुख्य आधार नै सांस्कृतिक पयर्टकीय क्षेत्र भएको भन्दै यस नगरपालिकाभित्रका धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि आफूहरूले पहिलो प्राथमिकतामा राखेको बताए ।
समाजका अध्यक्ष विष्णु लम्सालले अहिलेसम्म समाजबाट भएका विविध गतिविधि’bout जानकारी गराएका थिए । हाल ७ सय मिटर क्षेत्रफलमा अवस्थित ३६ घर भएको यस कोलोनीमा आगामी दिनमा १ सय घरभन्दा बढी हुने बताउँदै उनले नगरपालिकासँगको सहकार्यमा ढल, खानेपानी, ढलान र विद्युत्सहित करिब १ करोड रुपैयाँ लागतमा पूर्वाधार निर्माणको काम सम्पन्न भएको बताए । ६ वर्षअघि स्थापना भएको यस समाजको उपाध्यक्षमा श्रीराम पाण्डे, सचिवमा बाबुराम कार्की, कोषाध्यक्षमा सुमित्रा राई रहेका छन् । यसैगरी, कार्यसमिति सदस्यमा ईश्वरी अधिकारी, रामजी देवकोटा, कासिराम राई रहेका छन् । त्यसैगरी, सल्लाहकारका दीपक शाह र बुद्धिसागर न्यौपाने रहेका छन् ।