शिशुसहित दम्पतीद्वारा झुण्डिएर आत्महत्या

 

झापा । ८ महिने शिशुसहित झापामा एक दम्पतीले झुन्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुण्डिएको अवस्थामा सोमबार विहान फेला परेको छ । इलाका प्रहरी कार्यालय सुरुंगाका अनुसार पहिला शिशुलाई झुण्ड्याएर पछि दम्पतीले आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ । उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 647 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरीमा कर्फ्यु विस्तार, महेन्द्र राजमार्ग र इनरुवा बजार क्षेत्रसमेत समेटियो