१० बुँदे सहमतीको भ्रममा नपर्न युवा संघकाे अपिल

 

काठमाडौं । नेकपा (एकिकृत समाजवादी) निकटको युवा संघ नेपालले कथित १० बुँदे सहमतीको भ्रममा नपर्न अपिल गरेको छ ।

संघका अध्यक्ष नरेश शाहीले एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी एकता पक्षधर नेताका बीचमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने बिषयमा भएको सैद्धान्तिक सहमतीलाई ‘कम्मलमा छोपिएर घ्यू खाने’ टिप्पणी गर्दै यस्तो सहमतीको भ्रमणमा नपर्न अपिल गरेका हुन् ।

‘यतिबेला नेपालको कम्युनिस्ट आन्दोलनको पुनरजागरण जरुरी छ’ शाहीले भने, ‘अबको दिशा नेकपा (एकीकृत समाजवादी) गठन र निर्माण त्यसैले युवा संघ नेपालका सम्पुर्ण कमरेडहरु युवा संघ, नेपालका नियमित साङ्गठनिक कामहरुमा निरन्तर सकृय रहन अपिल गर्दछु ।’

समयले आफूहरुको काधमा नयाँ जिम्मेवारी प्रदान गरेको बताउदै उनले जिम्मेवारी वाट भाग्नु समाज र इतिहास माथिको अन्याय हुने जनाएका छन् । शब्दहरु क्रान्तिकारी लफ्फावाजिको प्रयोग गर्ने र व्यवहार कम्मलमा छोपियर घ्यु खाने प्रवृत्ति जनताले बुझिसकेकै बिषय भएकाले अहिलेको यथास्थितिले समाजलाइ कुनै परिवर्तन दिन नसकिने शाहीले जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी, खाँण र पूर्वसचिव पाण्डे दोषी ठहर (फैसलासहित)