रिलिज हुने भयो कँगनाको फिल्म ‘थलाइवी’

मुम्बई । पाँच दिन अघि भारत सहित अन्तराष्ट्रिय बजारमा समेत रिलिज भएको अक्षय कुमारको फिल्म ‘बेल बटम’ले आशातिर ब्यापार गरेको छ । कोरोनाको महामारी कम हुँदै गर्दा दर्शकहरु सिनेमा हलमा आएर फिल्म हेर्न थालेपछि त्यहाँका सिनेकर्मीहरु उत्साहित भएका छन् ।

यसै क्रममा सिनेकर्मीहरुले धमाधम आफ्नो फिल्मको रिलिज मिति तय गर्दैछन् । अभिनेत्री कँगना रनौतको नयाँ फिल्म ‘थलाइवी’को पनि रिलिज मिति घोषणा गरिएको छ । यो फिल्म अबको एक महिनापछि रिलिज हुने भएको छ । तमिलनाडुका पूर्व मुख्यमन्त्री एवम् दिवँगत बरिष्ट राजनेत्री जय ललिताको जीवनीमा यो फिल्म आधारित छ । यो फिल्मलाई १० सेप्टेम्बरबाट विश्वब्यापी रुपमा प्रदर्शन गरिने भएको छ ।

यो फिल्मलाई जी स्टुडियोले सिनेमा घरमा रिलिज गर्न लागेको हो । फिल्मको रिलिज मिति यस अघि नै तय गरिएको भए पनि दोश्रो कोरोना लहरका कारण फेरी फिल्मको रिलिज पछि सारिएको हो ।

भारतमा ६ महिना पछि बल्ल यतीबेला सिनेमा घर खुलेको छ । अहिले बेल बटमले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ । भारतको महाराष्ट्र लगायतका केही राज्यमा अझै फिल्म हल खुलेको छैन । फिल्म ‘थलाइवी’ रिलिज हुँदासम्म मुम्बई लगायतका शहरका सिनेमा हल खुल्ने आशा गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनका कारण उपप्रमुखमा पनि पुरुष हावी