काठमाडौं । आमाहरूको सम्मानमा गायक सुनिल छिदाल र गायिका पूजा घर्ती मगरले नयाँ गीत ‘आमा…’ स्रोतामाझ ल्याएका छन् । गीतमा गायक छिदाल स्वयंको संगीत छ । यो गीतको भावअनुसारको म्युजिक भिडियो बनाइएको छ ।
भिडियोमा गायक छिदाल स्वयंले अभिनय गरेका छन् । आमाको मायाबाट वञ्चित भएर सडकमा जीवन बिताएका सडक बालकका रूपमा गायक छिदान गीतको भिडियोमा प्रस्तुत भएका छन् । उनको आमाको भूमिकामा लक्ष्मी रोकाया छिन् । लक्ष्मी यो गीतको गीतकार हुन् ।
गीतको भिडियोलाई वीरेन्द्र भट्टले खिचेका हुन् । गीतको भिडियोका निर्देशक रोजल थापा हुन् । जसमा अनिल रानाको सम्पादन रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)






