नेप्से परिसूचक घट्यो, बजारमा हाइड्रोको हकप्रद प्रभाव

काठमाडौं । दुई दिन सार्वजनिक बिदापछि खुलेको नेप्से मंगलबार १ दशमलव ७६ प्रतिशत घटेको छ । गत बिहीबारको तुलनामा नेप्से परिसूचक ५६ दशमलव शून्य ३ अंकले घटेर ३ हजार १२४ दशमलव ८७ विन्दुमा झरेको हो । ३ हजार १८६ दशमलव ४७ विन्दुदेखि खुलेको मंगलबारको बजार निरन्तर घटेर बन्द भएको हो । नेप्से परिसूचकसँगै यो दिन सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १७ प्रतिशत घटेको छ । १२ दशमलव ८१ अंकले घटेर सेन्सेटिभ इन्डेक्स ५७७ दशमलव ६६ विन्दुमा झरेको हो ।

यस दिन २० कम्पनीको सेयरमूल्यमा उच्च गिरावट आएको छ । नेसनल हाइड्रोपावर, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी पावर, नेपाल हाइड्रो डेभलोपर, कालिका पावर, आँखुखोला जलविद्युत्, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, युनियन हाइड्रोपावर , शिवश्री हाइड्रोपाव र रूरू जलविद्युत््को परियोजनाको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत, हिमालयन पावर पार्टनरको ९ दशमलव ९९ प्रतिशत, लिवर्टी इनजीको ९ दशमलव ९२ प्रतिशत, माउन्टेन हाइड्रो नेपालको ९ दशमलव ८६ प्रतिशत, हिमालयन ऊर्जा विकास कम्पनीको ९ दशमलव ५१ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको ९ दशमलव शून्य ७ प्रतिशत सेयर मूल्य घटेको छ ।

दोहोरो उच्च अंकले घटेको बजारमा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड ५३ लाख १६ हजार ८ सय ५ कित्ता सेयर कारोबार भएको छ । यो कारोबार २ सय २५ वटा कम्पनीको १ लाख ५६ हजार ९ सय १३ पटकको व्यापारमा भएको हो ।

यस दिन अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । कम्पनीको ७५ करोड ४३ लाख ३३ हजार रुपैयाँ बराबरको ११ लाख २१ हजार २ सय ११ कित्ता सेयर कारोबार भएको हो । सर्वाधिक रकमको सेयर कारोबार भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ ले घटेर ६ सय ७० कायम भएको छ ।

मंगलबार वित्त र निर्जीवन बिमा समूहबाहेकका सबै समूहगत परिसूचक घटेका छन् । वित्त समूहको १ दशमलव ४७ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव ७६ प्रतिशत परिसूचक बढेको छ । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ६ दशमलव २१ प्रतिशतले घटेको छ ।

जलविद्युत्सँगै लगानी समूहको ४ दशमलव ४३ प्रतिशत, विकास बैंकको ३ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ११ प्रतिशत, व्यापारिक समूहको १ दशमलव ६२ प्रतिशत, अन्यको १ दशमलव ४४ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव ४७ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५३ प्रतिशत, जीवन बिमाको शून्य दशमलव ७९ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव शून्य ५ प्रतिशत परिसूचक घटेको छ ।

यस दिन आईसीएफसी फाइनान्सको सर्वाधिक सेयर खरिद चाप रहेको थियो । दिउँसो २ बजेर ५९ मिनेटसम्मको कारोबार अवधिसम्म आईसीएफसी फाइनान्सको १४ लाख ९६ हजार ७ सय ५८ कित्ता सेयर खरिद माग थियो । सर्वाधिक खरिद माग रहेको उक्त कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ सय २८ दशमलव २० ले बढेर अन्तिम मूल्य १ हजार ४ सय १० दशमलव २० पुगेको छ । निरन्तर उच्च दरमा मूल्य बढ्दै आएको जीवन विकास लघुवित्तको सेयर मूल्य पनि बुधबार १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्तको प्रतिकित्ता ३ सय ९० दशमलव ६० ले बढेर अन्तिम मूल्य ४ हजार २ सय ९६ दशमलव ७० कायम भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा र रुरु क्षेत्रमा मतगणना अनिश्चित