काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कार्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर आत्मघाती बम विस्फोट भएकाे छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिहीबार साँझ आत्मघाती बिस्फोट भएको हो । बिस्फोटमा परी १३ जनाकाे मृत्यु भएकाे आशंका गरिएकाे छ । थप विवरण आउन बाँकी छ ।
रोयटर्सका अनुसार विमानस्थलको मुख्य प्रवेशद्वारको केही दायाँतर्फ रहेको अर्को गेट अगाडि बिस्फोट भएको हो । बिस्फोट’bout अमेरिकाको पेन्टागनका प्रवक्ताले पनि पुष्टि गरेका छन् । अमेरिकालगायत पश्चिमा देश तथा अस्ट्रेलियाले समेत बिहीबार एक सूचना जारी गर्दै काबुल विमानस्थलमा सुरक्षा जोखिम रहेको बताउँदै आफ्ना नागरिकहरुलाई तत्काल विमानस्थल ’round नजान आग्रह गरेको थियो ।
पछिल्लो केही दिन यता तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै देश छोड्न चाहने विदेशी तथा आमनागरिकको विमानस्थलमा भिड लाग्ने गरेको छ । अफगानिस्तान छोड्न चाहने आफ्ना नागरिकहरुको सुरक्षित उद्धारका लागि अमेरिका लगायत पश्चिमा देशहरुले सेनाको टुकडी नै काबुल विमानस्थलमा तैनाथ गरेको छ ।