तुलसीपुर । तुलसीपुरमा एक महिलाले श्रीमानको हत्या गरेकी छिन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निबासी ५६ बर्षकी देवीकुमारी योगीले ७८ बर्षका श्रीमान खिमलाल पुरीको गएराति हत्या गरेकी हुन् ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी मदिरा सेवन गरेका श्रीमानले कपडामै दिशा गरेपछि श्रीमतीले कपडा फेरिदिन लागेकी थिइन् ।
कपडा फेरिदिँदै गरेकी श्रीमालीको श्रीमानको हातमा टोकिदिएपछि श्रीमतीले नजिकै रहेको बाँसको चिर्पट र हँसिया प्रहार गरिन् । अत्याध्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको प्रहरीले प्रहरीको भनाई । घरमा श्रीमान श्रीमती मात्रै बस्दै आएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)






