ठेकी नबनाई चुलो बल्दैन, बनाए कारबाही हुन्छ

बाजुरा । कणौली प्रदेशका पहाडी जिल्लामा काठको काम गरेर जिवीकोपार्जन गर्नेहरुको पेसा पछिल्लो समय संकटमा परेको छ । आलो काठबाट महि पार्ने ठेकी, पीठो मुच्छने कोसी, कचौरा बनाएर आफ्नो गुजरा चलाउँने चदारा जातिको पेसा संकटमा परेको हो । सामुदायिक वनले काठ काटे कारबाही गर्ने भनेपछि उनीहरु तनाबमा छन् ।

काठको काम नगरी घरमा चुलो बल्दैन, जंगलमा काठ काट्न गयो भने उपभोक्ता समितिले कारबाही गर्छ’ स्वामीकार्तिक खापर गाउँपालिका–३ ठुलापाटाका दल चदाराले भने ‘हामीलाई काम गर्न कठिन छ । यही समस्याले धेरैले यो पेशा छाडिसकेका छन् ।’

काठका कोसी, मुसल, ठेकी फुरु, गिला र कचौरा बनाएर गाउँमा खाद्यान्न साँटेर गुजारा गर्दै आएका छन् चादरा समुदाय । ‘अहिले यो पेशाले घरधन्दा नचल्ले भएपछि हामीले चौकीदारीका लागि भारत जान थालेका छौं ।’ चादराले भने ।

हरेक गाउँमा सामुदायीक वनले आवश्यक पर्ने काठ काट्न रोक लगाएको छ । काठ काटेको थाहा पाएमा डण्ड जरीबाना गर्ने गर्छन् । सोही कारण पछिल्लो पुस्ताले त्यो पेशालाई अपनाउन सकेका छैनन् । त्यसो बजारमा स्टीलका समान पाइने भएकाले पनि यो पेशा संकटमा परेको छ ।

परम्परागत पेसालाई आधुनिकीकरण गर्न नसक्नु र कतैबाट सहयोग नपाएका कारण पछिल्लो समय चदारा जातिको काठका समान बनाउँने पेसा लोप हुँन लागेको छ । बर्ष भरी खलोको भरमा काठका सामाग्रीहरु उत्पादन गरेर काठको समानमा दिने र त्यसमा भरेर ल्याएको अन्नले आफ्नो परीवार पाल्ने चलन अझै केही गाउँमा बाँकी छ ।

भाडीमा ठेकी किन्न आएका अरबिन्द्र सिंहले भन्छन् ‘गाउँमा काठको भाडा नपाएर मात्र स्टिलको भाँडा प्रयोग गर्ने चलन छ । उनको भनाई अनुसार गाई भैसीको दुध काठको भाँडामा जति मिठो हुँन्छ, त्यति मिठो स्टीलको भाँडामा हुँदैन । उनी भन्छन् ‘गाउँमा भाँडी(काठको सामान कोर्ने मेसीन) चलाउँने कमै छन् ।,पहिलेको जस्तो जहाँतही पाईदैन ।’

सरद सिंहले आफ्नो अनुभव सुनाउँदै भनेः ‘बुढा पाकाहरु बजारबाट ल्याएको ठेकीको दही मिठो हुँदैन भनेर खान मान्दैनन् हामीले सजिलोका लागि बजारका समान प्रयोग गरेका छौं ।’ यहाँ आफ्नो परम्परागत सिपलाई आधुनिकता तर्फ बदल्न स्थानिय सरकार र संघ संस्थाले सहयोग गर्ने हो भने यहाँका चदारा जातीहरुको दैनिकी सहज र आय आर्जनमा जोडिने थियो । तर समुदायमा यस जतीको पहुँच नहुँदा र समुदायीक बनका समितीमा कथित उपल्ला जातहरु मात्र रहने हुँदा चाँदराको पेसा नै संकटमा परेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 578 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले मतपत्र च्यात्न सक्छन्, आँखा झिमिक्क नगर्नुस् : ओली