थाक सात सयतर्फको महाप्रस्थान

जन्मपछि मृत्यु एक स्वाभाविक प्रक्रिया मानिन्छ । हामी जुनसुकै धर्म, दर्शन वा मान्यतामा रहे पनि मृत्युलाई शाश्वत सत्यका रूपमा स्वीकार गर्दै आएका छौं । तर, मेहन्द्र दाइको हकमा उहाँको मृत्युलाई स्वाभाविक मान्न नसकिने भएको छ । ’cause, कोरोना महामारीजस्तो विश्वव्यापी महासंकटको लपेटामा उहाँ पर्नुभयो । अस्पतालबाट छिट्टै फर्कनु होला भन्ने आसैआसमा कहिल्यै नफर्कने बाटोमा जानुभयो ।

महेन्द्र दाइ अर्थात् महेन्द्र शेरचन, उहाँ राजधानी राष्ट्रिय दैनिक प्रकाशन संस्थाका अध्यक्ष हुनुहुन्थ्यो । तत्कालीन संविधानसभाका सदस्य हुनुहुन्थ्यो । विभिन्न व्यापार, व्यवसाय गरेर आर्जेको केही पुँजीलाई सञ्चार उद्यममा लगानी गरेर हजारांै सञ्चारकर्मीलाई रोजगारी र समाजलाई सूचना, शिक्षा र जागरुक बनाउने कर्ममा समर्मित हुनुहुन्थ्यो । यो पवित्र कर्ममा लाग्दालाग्दै कोरोनाको एउटा भेल नेपालमा पनि आइपुग्यो । त्यही भेलमा भेलिँदै कहिल्यै नफर्कने बाटोमा महेन्द्र दाइ जानुभयो ।

महेन्द्र दाइसँग मेरो परिचय पुरानै हो । खास गरेर राजधानी राष्ट्रिय दैनिकका तत्कालीन प्रधानसम्पादक स्वर्गीय बादेपा (बालमुकुन्द पाण्डे)ले उहाँसँग परिचय गराउनुभएको हो । त्यतिखेर हङकङबाट प्रकाशन हुने एक दैनिकमा म आबद्ध थिएँ । बादेपा दाइ राजधानीको प्रधानसम्पादक भएको केही दिनमा मलाई चाबहिलस्थित राजधानीको कार्यालयमा बोलाउनुभयो र त्यही दिन सम्पादकीय लेख्न अह्राउनुभयो । मैले ‘प्रवेशिका परीक्षा र माओवादी द्वन्द्व’’bout छोटो सम्पादकीय लेखेको थिएँ । भोलिपल्ट बिहानै महेन्द्र शेरचनले फोन गर्नुभयो । उहाँले मेरो लेखनशैली र तर्क’bout तारिफ गर्नुभयो । राजधानीमा रहेर नै काम गर्न आग्रह गर्नुभयो । यसरी राजधानी दैनिक तथा मेहन्द्र शेरचनसँग मेरो चिनजान र परिचय भएको थियो ।

राजधानी राष्ट्रिय दैनिकको प्रारम्भ दरबार हत्याकाण्डको रातबाट सुरु भएको हो । जसलाई राजधानीले नारायणहिटी पर्व भन्ने शैली बनाएको थियो । अर्थात् २०५८ जेठ २२ गते राजधानीको पहिलो अंक यही घटनालाई मुख्य समाचार बनाएर सुरु गरिएको थियो । प्रकारान्तरले त्यही दिन राजा ज्ञानेन्द्रको पनि गद्दी आरोहणको दिन हुने नै भयो । जेठ २२ राजधानी दैनिकको वार्षिकोत्सव र राजा ज्ञानेन्द्रको गद्दी आरोहण एकै दिन पर्ने नै भयो ।

पहिलो वर्ष राजधानीले तत्कालीन राजा ज्ञानेन्द्रको राज्यरोहण पहिलो वर्ष नामको विशेषांक प्रकाशन गर्ने निधो ग¥यो । यसमा समेट्ने सामग्री संकलन गर्ने जिम्मेवारी मेरो थियो । यो विशेषांक प्रकाशन भएपछि नेपाली समाजमा एक प्रकारको हलचल उत्पन्न भयो । कसैले राजधानी राजावादी भयो भन्ने टिप्पणी गरेको पनि सुनियो । केहीले व्यावसायिक धर्म पनि भने । केहीले राज्य व्यवस्थाअनुसारको सामग्री भने । जसले जे भने पनि त्यो तत्कालीन अवस्थाको प्रतिविम्ब थियो । कुनै पनि सञ्चारमाध्यम राज्यव्यवस्थाले तोकेको सीमाबाहिर जान सक्दैन । संविधान र कानुनको परिधिमा रहेर विचार तथा अभिव्यक्ति सम्प्रेषण गर्ने हाम्रो दायित्व थियो । त्यही भूमिकामा हामी थियांै ।

आज फर्केर हेर्दा त्यो काम व्यावसायिक पत्रकारिताकै एक पाटो थियो भन्ने लाग्छ । त्यस अंकमा हामीले नेपाली राजनीतिका सबै पक्षका विचार समेटेका थियांै । मूलधारको राजनीतिमा भएका नेपाली कांग्रेस, नेकपा एमाले, मधेसवादी दल, जनजाति क्षेत्र र महिलावादी आन्दोलन आदिका विचार र धारणा त्यहाँ छापिएका थिए । राजा ज्ञानेन्द्रको शासनकालको सबै पक्षले प्रशंसा नै गरेका थिए । वास्तवमा त्यस समयको त्यो मूलधार नै थियो । त्यस अंकमा विचार राख्नेहरू अधिकांश व्यक्तित्व राजा ज्ञानेन्द्रको शासनकालमा कुनै न कुनै ओहदामा पुगे । यो अंक प्रकाशन गर्न प्रकाशन प्रालिका अध्यक्ष मेहन्द्र शेरचनको विशेष इच्छाकै कारण सम्भव भएको थियो ।

राजधानीले समयकालमा धेरै उकालीओराली बेहोर्नुपरेको थियो । देशमा संकटकाल लागेपछि राजधानीलगायत नेपाली मिडियाले जुन सास्ती बेहोर्नु प-यो त्यसको प्रत्यक्ष साक्षी राजधानी राष्टिय दैनिक र त्यतिखेरको सम्पादकको हैसियतले मेरो मन र मस्तिष्कमा अहिले पनि ताजै छ । यो महासंकटका बेला पत्रिका जतासुकै जाओस् भन्दै धेरै ‘क्रान्तिकारी पत्रकारहरू’ ओत लाग्न अन्तै हिँडे । तर, हामी केही सीमित पत्रकार मात्र संलग्न भएर पत्रिकाको साख गिर्न नदिई इतिहासको त्यो विरासतलाई निरन्तरता दिएका थियौं ।

महेन्द्र शेरचनले समाजमा धेरै राम्रो काम गर्नुभएको छ । वैदेशिक रोजगार व्यावसायलाई मर्यादित बनाउनेदेखि संविधानसभामा आदिवासी जनजातिका प्रतिनिधिका हैसियतले आफ्नो भूमिकालाई जीवन्त बनाउनुभएको थियो ।

जसरी भए पनि पत्रिका डुब्नुहुँदैन भन्ने एकसूत्रीय संकल्पले काम गरेका थियांै । देशमा संकटकाल थियो, कार्यालयबाट सुरक्षित घर पुग्न सकिन्छ कि सकिँदैन भन्ने जोखिम थियो । यस्तो बेला पनि पत्रिकाको साख घट्न नदिई प्रकाशन निरन्तरता दिनु कम चुनौतीपूर्ण थिएन । यस्तो चुनौतीका बेला पनि राजधानीले निरन्तरता पायो । यो नै सबैभन्दा ठूलो कुरा थियो । यसमा सधैंभरि प्रकाशनका अध्यक्षका हैसियतले महेन्द्र शेरचनको साथ र सहयोग उपलब्ध भयो । चुनौतीको यो पहाडमा रोशन श्रेष्ठ, ध्रुव लम्साल, युमाश शेर्पा, नारायण सापकोटाहरू जसरी खटेका थिए, अहिले सम्झँदा पनि आङ जिरिंङ हुन्छ ।

मैले राजधानीमा लगभग पाँच वर्ष काम गरेँ हुँला । मैले राजधानी छाडेपछि पनि उहाँसँग निरन्तर कुराकानी भइरहन्थ्यो । उहाँले पटकपटक राजधानी पत्रिकामा पुनः आउन आग्रह पनि गर्नुभएको थियो । तर, संविधान निर्माण प्रक्रियाका क्रममा राष्ट्रव्यपी सञ्चार अभियानका लागि एक संस्थामा अनुबन्ध भएका कारण बीचैमा छाडेर हिँड्ने काम गर्न मलाई नैतिकताले दिएन । यो काम सजिलो पनि थिएन । तर, पनि उहाँ सधंै भन्नुहुन्थ्यो, ‘जुनसुकै बेला पनि तिमी यहाँ आएर काम गर्न सक्छांै, बाहिर बसेर पनि सहयोग गर्न सक्छौं ।’

हुन पनि हो, मेरो तर्फबाट राजधानीप्रति सधंै सम्मान छ । महेन्द्र दाइ र मबीच कहिले पनि कामदार र मालिकको जस्तो सम्बन्ध रहेन । सधंै एक अभिभावक र पारिवारिक सदस्यको सम्बन्ध रह्यो । उहाँसँग पत्रकारिताबाहेक पनि समसामयिक राजनीति, सामाजिक सम्बन्ध सांस्कृतिक रहनसहन आदि’bout कुरा हुन्थे । मैले चिनेका जानेका मान्छेहरू उहाँ प्रायः सबै चिन्नुहुन्थ्यो भने उहाँका सरसंगत’bout पनि धेरथोर मलाई थाहा थियो । यसकारण पनि उहाँसँग मेरो ‘वेभलेन्थ’ मिल्थ्यो ।

महेन्द्र शेरचनले समाजमा धेरै राम्रो काम गर्नुभएको छ । वैदेशिक रोजगार व्यावसायलाई मयादित बनाउनेदेखि संविधानसभामा आदिवासी जनजातिका प्रतिनिधिका हैसियतले आफ्नो भूमिकालाई जीवन्त बनाउनुभएको थियो । सबैभन्दा पहिले उहाँले देशमा समानता र विभेदविरुद्धको आवाजलाई मुखरित गर्नुभएको थियो ।

महेन्द्र शेरचनको महान् यात्रा आदिवासी थकाली शेरचनहरूको मान्यता र परम्पराअनुसार क्हाङ्ला सिंकीकर्पोमा प्रस्थान भएको छ । उहाँको महाप्रस्थानको यात्रामा म्हुन्तुङ क्हेम्चेको १०८ बत्तीले जुन उज्यालो दिन्छ, सुखानुभूति भवसागरमा उहाँ पुग्न हुने विश्वास गरिएको छ । उहाँको चाङपर्जी सकिएको छ । प्रकृतिपुजक थकालीको विधि र सनातन धर्म र मान्यताअनुसार उहाँलाई बिदाइ गरिएको छ । कालीगण्डकी परिपथको पहिचान र सभ्यताका उत्तराधिकारी शेरचन आफ्नो पुख्र्यौली भूमिमा पछिल्लो कालखण्डमा बिरलै पुग्नुभयो होला । बसाइँसराइ र आफना व्यापार व्यवसायका क्रममा बाग्लुङ हुँदै काठमाडांैमा उहाँका अधिकांश दिन बिते होलान् । तर, अब भने उहाँ ल्ह क्लाङ्ला सिंकी कर्पो देवका रूपमा थाक सात सयमा नै विराजमान हुनुहुनेछ । ’cause, आदिवासी थकालीहरूको प्रथाजन्य मान्यता र विश्वासअनुसार थकालीहरूको स्वर्ग भनेकै पितृभूमि थाक सात सय हो ।
हार्दिक श्रद्धान्जली महेन्द्र शेरचन !

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै