Thursday, May 6, 2021
Home Exclusive औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

औषधिजन्य सामग्रीको कृत्रिम अभाव रोक्न सांसदको माग

,

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरिन् । नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरिन् । उनले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गरिन् ।

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन । चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ । बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ ।

विश्वका ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार ९५ हजार ४८१ मा रोग देखिएकामा तीन हजार २८५ को मृत्यु भइसकेको छ । कोरोनाका कारण छ हजार ४२० उच्च जोखिममा छन् । अहिलेसम्म ५३ हजार ६८८ निको भएर घर फर्किसकेका छन् ।

भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग पनि गरेका छन् । नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाले कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको बताउँदै सेक्युरिटी प्रेसको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न र भ्रष्टाचार रोक्न सरकारको ध्यानाकर्षण गरारिन् ।

काँग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दोब्बर कर बढाएको भन्दै त्यो फिर्ता गर्न माग गरे । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय दरको आधारमा स्वचालित राख्नुपर्नेमा रु पाँच प्रतिलिटर बढी रहेको भन्दै उनले उक्त रकम फिर्ता गराई अपारदर्शी ढङ्गले सङ्कलन गरिएको रकमको अवस्था सार्वजनिक गर्न माग गरे ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

शून्य समयमा प्रतिनिधिसभा सदस्यले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । सांसदले मिर्गौला दिने समीक्षा सङ्ग्रौलाको साहसको उच्च प्रशंसा गर्दै सफल मिर्गौला प्रत्यारोपणले स्वदेशको अस्पताल र स्वदेशी चिकित्सकको विश्वास बढेको बताएका छन् ।

नेकपाका सांसद पूर्णकुमारी सुवेदीले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै नेपालको चिकित्सा क्षेत्रको प्रशंसा गरिन्। नेकपाका अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर नेपालको औषधि विज्ञानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको भन्दै खुशी व्यक्त गरे । उनले ‘मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीको ओलीको नेतृत्व अझै आवश्यक छ’ भने । नेकपा सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्रीको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै आउँदै गरेको महिला दिवसको अवसरमा समेत शुभकामना व्यक्त गरे ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

देउवाले ओलीलाई भने ‘हामी तपाइलाई विश्वासको मत दिन सक्दैनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत...

बालिकालाई पेट्रोल छर्केर आगो लगाउने दुईजना पक्राउ

बाजुरा । १४ वर्षीया बालिकामाथि पेट्रोल छर्केर आगो लगाउने दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा...

ह्वाटमोर श्रीलंका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर मंगलबार श्रीलंका प्रस्थान गरेका छन् । दोस्रो लहरको कोरोना महामारीले क्रिकेट गतिविधि ठप्प भएपछि...

साताका लोकप्रिय समाचार

गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख पदमुक्त

 काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

मास्कमा कालोबारी गर्ने उद्योगलाई कारबाही

काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन...

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

ट्रेन्डिङ

दराजले जागृति अभियान सञ्चालन गर्ने

काठमाडौं । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेपालको अनलाइनबजार, दराजले महिला सशक्तिकरणमा केन्द्रित विशेष ‘जागृति’ अभियान सञ्चानल गर्ने भएको छ । यस अभियानको प्राथमिक उद्देश्य...

देवपूजनको प्रारम्भ र प्रक्रिया

अधिकांश व्यक्तिले कुनै न कुनै धर्मप्रति आस्था राखेका हुन्छन् । धर्म नमान्ने व्यक्ति समाजमा विरलै होलान् । धर्मका आधारमा हामी कोही हिन्दू, कोही बौद्ध...

कमजोर विकास खर्चमा सुधार गर

चालू आर्थिक वर्षको बजेटमा विनियोजित कुल पुँजीगत विकास खर्चको केवल २९ प्रतिशत मात्र खर्च गरेर सरकारी निकायले बाँकी रकम सदूपयोग गर्न नसक्ने हो कि...

तुलसीपुर ७ का युवकको कोरोना रिपोर्ट नेगेटिभ, ४ का युवकको पोजेटिभ

घोराही । तुलसीपुर उपमहागनरपालिका–४ निवासी ४६ बर्षका एक व्यक्तिलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । गएको चैत्र महिनामा आफन्तलाई उपचार गराउन गएका उनलाई...

कार्यालय समयमा कर्मचारीलाई सेयर काराेबार गर्न प्रतिबन्ध

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीमा देखिएका विकृति हटाउँदै कर्मचारी प्रशासनलाई सुधारतर्फ अघि बढाउने अभियानलाई निरन्तरता दिएको छ । कर्मचारीमा देखिएको...

कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा मङ्गलबार मृत्यु भएका सन्तोष यादवमा कोरोना भाइरसको सङ्क्रमण नभएको पाइएको छ । उनको...

धारिलो हतियार प्रहार गरी कुँवरको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट गए राति हत्या गरिएको छ । छिमेकी ३५ वर्षीय गोरे...

भूपु सैनिक सम्मेलन : उमेर ढल्के पनि जिम्मेवारी बिर्सिएका छैनौ

सिन्धुपाल्चोक । आफ्नो जीवनको कल्कलाउदो उमेर देश र जनताको निम्त सुम्पेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० कार्कीटारका तिलकबहादुर बस्नेतसँग अहिले ति पुराना जोश जाँगर कति...

सुशासन आयोगको गठन, औचित्य र कार्यक्षेत्र

नेपालमा प्रशासन सुधारको औपचारिक आरम्भ भएको २००८ सालको बुच कमिसन पछि हो । २०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको नेतृत्वमा गठित प्रशासन सुधार आयोगले...

कोरोना रोकथाम कोषमा पूर्वराजा ज्ञानेन्द्रको २ करोड रुपैयाँ

काठमाडौ । सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । उनले हिमानी...

बनमा लागेको डढेलो बस्तीमा पुग्यो, चार घर जलेर नष्ट

भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । विहिबार वेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) का...

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)