मोबाइलको कभर र सिसा फेर्दा पर्‍यो प्रहरीका सईलाई १० लाख रुपैयाँको करदाता प्रोत्साहन बम्पर उपहार

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार तुल पुडासैनीले जितेका छन् ।

आन्तरिक राजश्व विभागले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार मन्त्रालयमा उपहार घोषणा गरेको थियो । साउन महिनाको दोस्रो १६ दिनको हरेक दिनको एक एक जना र सबै सहभागीमध्येबाट छनोट गरिएको एक जनालाई बम्पर गरी १७ जना उपभोक्ता छनोट गरिएको थियो । त्यसैमध्येका बम्पर उपहार पुडासैनीले जितेका हुन् ।

उनी नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) पदमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत छन् ।

अर्थ मन्त्रालयसँग कुरा गर्दै उनले मोबाइलको कभर र सिसा मर्मत गर्दा तिरेको रकममा उपहार परेको बताए ।

‘मेरो घर बाराको सिमरा हो । नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक पदमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत छु । मोबाइलको कभर र सिसामा मर्मत गर्न दुई तीनवटा पसल चहारेर गणेश इलेक्ट्रेनिक्स एण्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’ उनले भने, ‘त्यहीँ गरेको कारोबारमा १० लाखको उपहार परेको थाहा पाएँ । एकदमै खुसी लाग्यो । सबैतिरबाट बधाई आइरहेको रहेको छ । सबैलाई बिल लिन र दिन मेरो अनुरोध छ ।’

उनले सबै जनालाई सकेसम्म अनलाइनमार्फत कारोबार गर्न, बिल लिन र दिन पनि आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

epaper

ताजा समाचार

ठमेल अब २४सै घण्टा सञ्चालन हुने, यस्ता छन् सर्त