काँग्रेस महाधिवेशन: वडा अधिवेशन नहुँदै जिल्ला सभापति चयन

नवनिर्वाचित अध्यक्ष शंकर गुरुङ ।

लमजुङ । नेपाली कांग्रेसको वडाअधिवेशन भदौ १८ गतेबाट सुरु हुने भनिएको छ । तर हिमाल पारीको जिल्ला मनाङमा भने नयाँ नेतृत्व चयन गरिसकिएको छ ।

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै मनाङमा सर्वसम्मत रुपमा पार्टीको नयाँ जिल्ला नेतृत्वको टुंगो लागाइएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

उनका अनुसार मनाङ काँग्रेसले संघ तथा प्रदेशका लागि प्रतिनिधि, जिल्ला पदाधिकारी, क्षेत्रीय कार्यसमिति र स्थानीय तहमा समेत निर्विवाद नयाँ नेतृत्व चयन गरेको काँग्रेस सचिव गुरुङले बताए । उनले भने, ‘कांग्रेसका लागि मनाङको जिल्ला नेतृत्वका लागि शंकर गुरुङलाई जिल्ला सभापति बनाउने निर्णय गरिएको छ ।’

‘हामीले सवै तह तथा पदमा नेतृत्व गर्नेहरूको नाम सर्वसम्मत तरिकाले टुङ्गाईसकेका छौं’ सचिव गुरुङले भने, ‘सबै नाम भदौ २२ गते घोषणा गर्ने तयारीमा र्छौं ।’

देशका विभिन्न जिल्लामा क्रियाशील सदस्यता विवादमा अल्झिएकोमा मनाङ कांग्रेसले भने उदारहणीय सन्देश दिन सफल भएको छ । आगामी दिनमा पनि पार्टी संगठनको हित र देशका लागि स्वार्थभन्दा माथि उठेर योगदान, योग्यता र क्षमताको आधारमा नेतृत्व चयन गर्न मनाङ कांग्रेसले देशभरका लोकतान्त्रिक विचारधाराका नेतृत्वकर्तालाई आग्रह गरेको छ ।

वर्तमान जिल्ला सभापति टेकबहादुर गुरुङको संयोजकत्वमा मनाङका नेता तथा कार्यकर्ताबीच भएको बैठकले नयाँ नेतृत्व चयन गरेको सचिव गुरुङले जानकारी दिए । नेतृत्वमा युवाहरूलाई प्राथमिकता दिइएको उनले बताए ।

नेतृत्व छनौट गर्ने विषयमा जिल्ला र स्थानीयस्तरमै विवाद हुँदा पार्टी कमजोर हुने हुँदा बलियो पार्टी निर्माणका लागि योग्य र क्षमतावान नेतृत्व चयनका विषयमा विवाद गर्न नहुने कांगे्रस मनाङका जिल्ला सभापति टेकबहादुर गुरुङले बताए । उनका अनुसार मनाङमा यसअघि पनि सर्वसम्मत रुपमा नेतृत्व छनौट गरिँदै आएको छ ।

यसअघि देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिकको मनाङ सभापति रहेका नवनिर्वाचित जिल्ला सभापति गुरुङ देउवा निकट मानिन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

९ औं राष्ट्रिय समावेशी म्युजिक अवार्डमा स्रष्टा सम्मानित