नेपालको आमसञ्चार क्षेत्रले राजीतिक हस्तक्षेप र प्राकृतिक विपद्का बेला गम्भीर समस्या बेहोर्दै आइरहेको छ । राजधानी दैनिकको नमुना अंक निस्किरहेका बेला दरबार हत्या काण्डले मुलुकलाई शोकमा लगेको थियो । २०५८ जेठ २२ देखि राजधानी दैनिक अनवरत रूपमा सञ्चालमा छ । २०६१ साल माघ १९ देखि सुरु भएको राजतन्त्रको प्रत्यक्ष शाशन काल र २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण नेपाली मिडिया समस्यामा परेका थिए । राजाको शासनकालमा मिडिया क्षेत्रमा नेपाली सेनाको सेन्सरसिप लगाइएको थियो । प्रेस स्वतन्त्रता नाममा मात्रै सीमित थियो । सञ्चारमाध्यमलाई राजसंस्थाको समाचार लेख्न प्रतिबन्ध लगाइएको थियो । त्यस्तो समस्याबाट पार गरेर अघि बढेको मिडिया क्षेत्र भूकम्पको डर र त्रासबाट मुक्त भइरहेको अवस्थमा पुनः कोभिड–१९ को संक्रमणको घेरामा रुमलिए रहेको छ ।
राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत् कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च जोखिममा परेका छन् । त्यसो त कोरोनासँगै अघिल्लो लकडाउनमा ठूलो संख्यामा पत्रकारलाई सम्बन्धित सञ्चारगृहले बेतलबी बिदामा राखेको थियो । दोस्रो लहरको कोरोना संक्रमणको समयमा पनि अधिकांश सञ्चार गृहले पारिश्रमिक उपलब्ध गराउन सकेनन् । अनि पत्रकारहरूको पारिश्रमिक कटौतीसमेत गरियो । नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदन’मा पहिलो संक्रमणमा ५ सय १७ जना र दोस्रो संक्रमणमा ५० जना बढी पत्रकारको रोजीरोटीमा समस्या आएको उल्लेख छ । महामारी प्रभावकै कारण एक वर्षमा करिब ४ प्रतिशत पत्रकारले आफ्नो जागिर गुमाएको तथा ६ प्रतिशत पत्रकार बेतलबी बिदामा बस्न बाध्य भएको पनि सोही प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ९ प्रतिशत पत्रकारको तलब कटौती भएको, २० प्रतिशत सञ्चारकर्मीले नियमित तलब पाउन नसकेको उल्लेख छ । त्यस्तो त सेन्टर फर मिडिया रिसर्च नेपालको प्रतिवेदनमा भने ६६ देखि ७४ प्रतिशतसम्म अवकाश र बेतलबी बिदा दिने सञ्चारसंस्था रहेको देखाइएको छ ।
ज्यानको प्रवाह नगरी दिन रात कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई राज्यले चौथो अंगको रूपमा सम्मान र सूचीकृत गरे पनि वास्तविक रूपमा सबैभन्दा पीडित व्यक्तिका रूपमा पत्रकार नै रहने गरेका छन् । सरकारले लागू गरेको न्यूनतम पारिश्रमिक दिनबाट समेत सञ्चारगृह पछि सर्ने गरेका छन् । पत्रकारले सेवासुविधको आवाज उठाउँदा जागिरबाट हटाउनेसम्मका धम्की दिने परिपाटी हामीकहाँ विद्यमान रहेको छ । अनि संकटको अवस्थामा आफ्नो संस्थामा कार्यरत पत्रकारलाई संरक्षण गर्नुपर्नेमा त्यसको उल्टो सञ्चारगृहले मानसिक तनाव दिनेसम्मको कार्यले प्रश्रय पाइरहेको हुँदा रोजीरोटी र सेवा सुविधाको क्षेत्रमा पत्रकार पछाडि नै रहेका छन् । अरूको दुःखमा साथ दिने पत्रकारलाई राज्यको चौथो अंगको मान्यता दिए पनि चौथांै अंगको सुविधा दिन भने राज्यले पहल गरेको देखिँदैन । जसको कारण अर्काको दुःखमा मलमपट्टि लगाउने पत्रकारको दुःखमा मलमपट्टि लगाउने कोही नभएको अवस्थामा राजधानी दैनिकले भने कोभिडको समयमा पनि पत्रकारलाई जागिरबाट हटाउनेजस्ता कार्य नगरेर एउटा उदाहरण बन्न पुग्यो ।
नेपाली सञ्चार क्षेत्र र पत्रकारितामा महेन्द्र शेरचन जसलाई मलगायतका साथीहरूले ‘चेयरमेन सर’ भनेर सम्बोधन गथ्र्यांै । यो क्षेत्रमा उहाँको आफ्नै पहिचान थियो । दैनिक पत्रिका सञ्चालन गर्ने कार्य एकदमै चुनौतीपूर्ण र कठिन थियो । करोडांै रुपैयाँको लगानीमा राजधानी दैनिकको स्थापना भएको हो । पत्रकारितामा गरिएको लगानी उठ्ने÷नउठ्ने भन्न सक्ने अवस्था नरहेको बेला राजधानीले ठूलो जोखम मोलेर पत्रिका सञ्चालनमा ल्याएको थियो । राजधानीको गुणस्तरीय समाचारको कारण छोटो समयमा नै आमउपभोक्ताको माझ लोकप्रिय बन्न पुग्यो । यसले आफ्नो संस्करणलाई कतारबाट समेत निकाल्ने कार्य सुरु गरेर नयाँ उदाहरण पेस गरेको थियो । पछि अरू दैनिक पत्रिकाले कतारलगायतका मुलुकबाट पत्रिका निकाल्न सुरु गरे । तेस्रो मुलुकमा गएर नेपाली भाषामा पत्रिका निकालेर बिदेसिएका नेपालीलाई नेपाल’bout सुुसूचित गर्ने कार्यको जग राजधानीले नै बसालेको हो ।
आफ्नै ’boutमा भन्नुपर्दा मैले पत्रकारिताको सुरुवात राजधानी दैनिकबाटै गरेको हो । मेन स्ट्रिम पत्रकारिताअन्तर्गत केही समय स्पेस टाइमा दैनिकमा काम गरेर राजधानीको नमुना अंकदेखि नै म आबद्ध भएको थिएँ । लामो समय यसमा काम गरेर पछि अरू दैनिक पत्रिकमामा म आफू काम गर्न जाँदासम्म पनि पत्रकारिता क्षेत्रमा ‘तपार्इं राजधानी पत्रिकामा नै हुनहुन्छ नि उद्धवजी’ भनेर सोध्ने गरिन्थ्यो । त्यसैले पनि राजधानी मलाई आफ्नै पत्रिकाजस्तो लाग्थ्यो र अहिले पनि लागिरहेको छ । राजधानीमा झन्डै १५ वर्ष जति काम गर्दा कहिले पनि असहज महसुस भएन । ‘चेयर मेन’ सर जसले सबै स्टाफलाई आफ्नो ढोका खुला राख्नुभएको थियो । आफूलाई परेको समस्या राख्न २४सै घण्टा उहाँकोमा जान सकिन्थ्यो । पत्रकारलाई पर्ने विभिन्न समस्या तत्काल सम्बोधन भइहाल्थ्यो । सोही कारण हुन सक्छ जीवनको पूर्वाद्र्धदेखि उत्तराद्र्धसम्म पनि राजधानी मेरो जीवनको एउटा अभिन्न साथी बन्न पुग्यो । त्यसैले होला अहिले पनि सुरुवातदेखिका कयौं साथीहरू सोही पत्रिकामा कार्यरत छन् ।
एउटै व्यक्तिको लगानीमा सञ्चालित राजधानी दैनिक विगत २० वर्षदेखि निरन्तर रूपमा सञ्चालनमा छ । हजारांै व्यक्तिलाई रोजगारी दिएर देशमा रहेको बेरोजगारी हटाउनेतर्फ पनि पब्लिकेसनले ठूलो सहयोग गरेको छ । भोलिका दिन पनि यसले अझ बढी आफ्नो उचाइलाई माथि पु-याउने नै छ । यद्यपि, अहिले पनि राजधानी दैनिकले रोजगारी अभिवृृद्धि र जनतालाई सुुसूचित गर्ने पुलको काम गरिरहेको छ ।
तर, प्रकृतिको विडम्बना ६७ वर्षको उमेरमै कोरोना संक्रमणबाट हामी सबैको अभिभावको रूपमा रहेका ‘चेयरमेन सर’ सदाका लागि अस्ताउनुभयो । यसले पत्रकारिता क्षेत्रको एउटा कुशल व्यक्तित्व र व्यवस्थापक मुलुकले गुमाउन पुग्यो । सिंगो सञ्चार उद्यमले मात्रै नभएर मुलुकले इमानदार र कर्तव्यनिष्ठ व्यक्तित्व गुमाउन पुग्यो । उहाँको स्वर्गारोहणबाट मुलुकले अपूरणीय क्षति बेहोरेको छ ।