सुदूरपश्चिम प्रदेशसभा : अर्थमन्त्री शाह र राज्यमन्त्री गहतराजले दिए राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका छन् । दल विभाजनपछि पनि नेकपा (एमाले) मै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् ।

‘पार्टी विभाजन पछि एमालेमै रहने निर्णय गरी आफ्नो पदबाट राजीनामा दिएको मन्त्रीको भनाई छ । तर, दल विभाजन पछि भने आफूहरु मूल पार्टी रही टुटफुटको विपक्षमा उभिने निर्णय गरेको मन्त्री शाहले बताए ।

विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए । तर, दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन् ।

उनीहरुको राजीनामा स्वीकृत भई रिक्त मन्त्रालय मुख्य मन्त्री भट्टले आफूसँगै राखेको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय धनगढीले जनाएको छ ।

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ । एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् ।

५३ सदस्यीय प्रदेशसभा रहेको यो प्रदेशमा सरकार बनाउन २७ जना आवश्यक पर्छ । एकीकृत समाजवादीका १४ जना र माओवादी केन्द्र १३ जना सांसद रहेका छन् । यो सँगै एकीकृत समाजवादी र माओवादी केन्द्रको सयुक्त सरकार हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

epaper

ताजा समाचार

अब मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य