काठमाडौं । नेपाल आमा विभिन्न कारणले संकटमा रहेको भन्दै नेपाल आमाको रक्षाका लागि अभिनेता एवं क्याप्टेन विजय लामाले भिडियोमार्फत अपिल गरेका छन् । गीतकार टेक तामाङले राष्ट्रिय गीत ‘नेपाल आमा’ लेखेका हुन् ।
नेपाल प्रहरी सेवाको एसएसपी पदमा कार्यरत तामाङले एक हातमा कर्तव्यबोध बन्दुक भए पनि अर्को हातमा कलम बोकेर देशको रक्षाको लागि यस्ता गीतहरू सिर्जना गर्दै आएको बताएका छन् ।
यो गीतको भिडियोमार्फत यी अभिनेता लामाले राष्ट्रियताको अपिल गरेका छन् । यो गीतमा गीतमा संगीत र स्वर कन्काइस्ट राईको रहेको छ । अभिनेता लामालाई यो अपिलमा करिब एक दर्जनभन्दा बढी कलाकारले साथ दिएका छन् । देशप्रति असीम प्रभाव र सीमाको रक्षाका लागि सहास र बलिदानको भाव यो गीतमा समेटिएको छ । एक इन्च सीमा पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता अभिनेता लामाले भिडयोमार्फत गरेका छन् । यो गीतमा सहास शाक्यको संगीत संयोजन छ । गीतको भिडियोको निर्देशन प्रदीप हमालले गरेका हुन् ।






