Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsकेपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

केपी ओलीसँग एकता गरेर मैले ज्ञान प्राप्त गरेँ : प्रचण्ड

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीसँग पार्टी एकता गरेर ज्ञान प्राप्त गरेको बताएका छन् । आइतबार पार्टीका केन्द्रीय सदस्य परशुराम तामाङको ‘नेपाली कम्युनिस्टको कार्यदिशा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले त्यो ज्ञान ओलीसँग पार्टी एकता गरेपछि मात्रै प्राप्त हुने भन्दै व्यंग्य गरे ।

‘अस्ति पाँच दलीय गठबन्धनको बैठकमा मलाई ताकेर सोध्नुभयो, के पाउनुभयो केपी ओलीसँग पार्टी एकता गरेर ?, ‘ उनले सुनाए, ‘के पाएँ भन्न त विभिन्न उतारचढाव छन् । चार पाँच घण्टा लाग्छ । तर, मैले ज्ञान प्राप्त गरेर आएँ भने ।’

त्यो ज्ञान ओलीसँग एकता गरेपछि मात्रै प्राप्त हुने र त्यो ज्ञानबाट पाठ सिक्न सत्ता गठबन्धनका नेताहरूलाई सुझाएको प्रचण्डले बताए । ‘ओलीबाट सिकेको ज्ञान अनुशरण गरेर गठबन्धन बनाउँ । नत्र ओलीले खान्छन् भनेँ,’ उनको भनाइ थियो ।

प्रचण्डले आफू कम्युनिस्ट आन्दोलनको पाठशाला भएको दाबी गर्दै आफ्नो अनुभवबाट सिक्न आह्वान गरे । ‘सिक्ने कि गाली गर्ने हो । किन सिध्याइदिने भन्ने हो । कम्युनिस्ट आन्दोलनको अनुभव हो ठिक ढंगले प्रस्तुत गर्नुपर्छ भन्ने हो । हामीबाट तपाईंहरू केही सिक्नुस्,’ उनले भने ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

पेरुका नेता गोञ्जागोको निधनसँगै क्रान्तिको एउटा मोडेल अन्त्य भएको प्रचण्डले बताए । गोञ्जागोको रिहाइको निम्ति नेपालका कम्युनिस्टले पहल गरेको तर त्यसको प्रभाव रिहाईको स्तरमा नपुगेको बताए ।

उनले अहिले संसारमै विचार र राजनीतिको समस्या, नयाँ वैचारिक संश्लेषणको समस्या देखिएको भन्दै विचार र राजनीतिको क्षेत्रमा आजका चुनौतीहरुको सामना गर्नेगरी सुव्यवस्थित वस्तुवादी वैज्ञानिक संश्लेषण आवश्यक रहेको बताए ।

‘वैचारिक राजनीतिक संश्लेषणको आवश्यकता नेपाली राजनीतिक पार्टीमा पनि छ । हाम्रो पार्टीले अभियान सुरू गरेको छ । अध्ययन अनुसन्धान बहसको प्रक्रियाबाट अघि बढेर नयाँ संश्लेषणमा पुग्ने काममा लागेका छौं,’ उनले भने ।

पुस्तक विमोचन कार्यक्रममा आहुती लगायत टिप्पणीकारले माओवादी र प्रचण्डको नाम नलिएकोमा उनले असन्तुष्टि जनाए । ‘नाम लिन पनि किन अफ्ठेरो ? यो स्तरको आग्रह पूर्वाग्रह कुण्ठा के हो यो ? इतिहासको कुरा नभन्ने ?’ प्रचण्डले गुनासो गरे ।

तपाइको प्रतिक्रिया

(Visited 93 times, 1 visits today)

आजको समाचार

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

पहिरोले घर पुरिदा एकै परिवारका तीन छोरीको मृत्यु

  गुल्मी । गुल्मीमा पहिरोल घर पुिरदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –८ थुम्कामा तिलक परियारको घर पुरिदा उनकी छोरीहरु २१...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

साताका लोकप्रिय समाचार

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

कटेजमा लगेर किशोरीमाथि सामूहिक बलात्कार, एक जना पक्राउ

दाङ । दाङमा १४ वर्षीया किशोरी सामूहिक बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन्...

चीन तर्फका नाका बन्द हुँदा खर्कमै बुढा भए नेपाली चाैंरी

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग...

पत्रकार हरिबहादुर थापाले अस्वीकार गरे सुप्रबल जनसेवाश्री’ विभूषण

  काठमाडौं । न्यूज पोर्टल इकागज डटकमका प्रधानसम्पादक हरिबहादुर थापाले ‘सुप्रबल जनसेवाश्री’ विभूषण अस्वीकार गरेका छन् । २९ भदौको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले थापासहित ९०३ जनालाई...

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

  लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान...

ट्रेन्डिङ

प्रदेश २ मा १ सय २८ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा १ सय २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सोमबार १४ महिलासहित ११४ जनामा कोरोना...

स्टारबिना मनाङको रवाफ

काठमाडौं । फरवार्ड विमल रानाको २ गोल सहयोगमा डिफेन्डिङ च्याम्पियन मनाङ–मस्र्याङ्दी क्लबले राजधानीमा जारी नयाँ सिजनको कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)