चापागाउँ (ललितपुर) । जंगलका अग्ला रूख । चराचुरुंगीका चिरबिर । प्रकृतिको शान्त वातावरण । रूखका हाँगामा झुन्डिएका रंगीविरंगी चित्र । कुनैमा प्राकृति, कुनैमा परम्परागत घरका आकृति त कतै नेपाली जनजीवन झल्काउने कलाकृति ।
मन्दिर दर्शनार्थ आएका श्रद्धालु एकैछिन टहलिन्छन् चित्र नियाल्दै । अनि, कलासँग साक्षात्कार गर्छन् । बज्रबाराही धार्मिक वनमा हरेक वर्ष विजया दशमीका दिन देखिने यो दृश्य कला प्रदर्शनीमात्रै होइन, प्रकृति र संस्कृतिबीचको आत्मीय सम्बन्धसमेत हो ।
२८ वर्षदेखि बज्रबाराही धार्मिक वनमा निरन्तर कला प्रदर्शनी, ‘प्रत्येक घरमा एक कला’ अभियान
२०५५ सालदेखि निरन्तर आयोजना हुँदै आएको बज्रबाराही वनबीचको खुला कला प्रदर्शनीले यो वर्ष निरन्तरता पायो । मन्दिर समीप र जंगललाई खुला कलादीर्घामा रूपान्तरण गरेर आयोजना गरिने यो प्रदर्शनी समयसँगै स्थानीय कला र संस्कृतिको विशिष्ट पहिचान बन्दै गएको छ । सामान्यतया चित्रकला प्रदर्शनी भन्नासाथ बन्द कोठा, व्यवस्थित ग्यालरी र भित्तामा सजाइएका चित्र दृश्य मनमा आउँछन् । बज्रबाराहीको प्रदर्शनीको विशेषता भने अलि फरक छ । यहाँ प्रकृतिका रूख प्रदर्शनीका भित्ता बन्छन्, जंगलको बाटो दर्शकको यात्रा र खुला वातावरण कलाको पृष्ठभूमि हुन् ।

रूखका हाँगामा झुन्ड्याइएका चित्रले जंगललाई नै रंगीन बनाउँछन् । प्रकृतिबीच राखिएका कलाकृतिले दर्शकलाई चित्र हेर्नेमात्र होइन, त्यसमा अभिव्यक्त भावना, जीवनशैली र सांस्कृतिक पहिचान बुझ्ने अवसरसमेत प्राप्त हुन्छ । यही मौलिकताले बज्रबाराहीको खुला वन क्षेत्र कला प्रदर्शनीका लागि फरक पहिचान बनेको छ ।
प्रकृतिको काखमा गरिने अभ्यासले कला र वातावरण एकअर्काका पूरक हुन् भन्ने सन्देश पनि प्रवाह भएको छ । प्रकृतिबाट प्रेरणा लिने कलाकारका सिर्जना प्रकृतिकै बीचमा प्रदर्शन हुँदा कलाकृति र परिवेशबीचको सम्बन्ध अझ अर्थपूर्ण बन्छ ।
७० कलाकृतिमा नेपाली प्रकृति र जनजीवन
यस वर्ष गत ४ कात्तिक सम्पन्न प्रदर्शनीमा चित्रकला तथा मूर्तिकलाका ७० कलाकृति समावेश थिए । नेपाली प्राकृतिक दृश्य, जनजीवन, परम्परागत पुराना घर, मूर्तिकला र डिजिटल कलालगायत विविध विधाका सिर्जना प्रदर्शनीमा राखिएका थिए ।

कतिपय कलाले नेपाली भूगोलको प्राकृतिक सौन्दर्य उजागर गरेका थिए भने कतिपयले समाजको मौलिक जीवनशैली र परम्परागत बस्ती सम्झना गराए । मूर्तिकला र डिजिटल कलाले प्रदर्शनीमा विधागत विविधता थपे । फरक विषय र माध्यममा तयार पारिएका कलाकृतिले नेपाली समाज, प्रकृति र संस्कृतिका अनेक पक्ष एकै स्थान पस्के ।
यसपटक प्रदर्शनीमा अग्रज ललित कलाकार अर्जुन देशार, डा. सचिन घिमिरे र सुष्मा श्रेष्ठका साथै युवापुस्ता सुरेम देशार, राजेन्द्र देशार, दिलकुमार देशार र सरिना देशारका कला प्रदर्शनीमा थिए । विभिन्न पुस्ताका कलाकारको सहभागिताले अनुभव र नयाँ सिर्जनात्मक सोचबीचको सम्बन्धसमेत प्रतिनिधित्व ग¥यो ।
प्रदर्शनीको अर्को महइभ्वपूर्ण पक्ष थियो, ‘प्रत्येक घरमा एका कला’ अभियान । ‘कला केही सीमित संग्राहक, ग्यालरी वा विशेष वर्गका पहुँचमै सीमित हुनु हुँदैन, प्रत्येक घरमा कलाकृति पुग्नुपर्छ’ भन्ने ध्येय अभियानको मूलभाव हो ।
प्रदर्शनीमा कलाकृति अवलोकनसँगै बिक्री व्यवस्थासमेत थियो । यसले दर्शकलाई आफूलाई मन परेको सिर्जना खरिद गरी घरमा सजाउने र कला संकलन गर्ने अवसर प्रदान गर्ने विश्वास छ । कलाकृति खरिद संस्कृति विकासले कलाकारका सिर्जनालाई प्रोत्साहन गर्नुका साथै कलाको सामाजिक र आर्थिक महइभ्व अझ बढी प्रस्ट हुन्छ ।
त्यसो त, ‘कला हेर्ने वस्तुमात्र होइन, जीवन र प्रत्येक घरका हिस्सा पनि बन्न सक्छ’ भन्ने खुला प्रदर्शनीको सदिच्छा हो । घरमा एउटा कलाकृति राख्नु सजावटमात्र नभएर सिर्जनशीलता, भावनाका साथै सांस्कृतिक चेतना दैनिक जीवनसँग जोड्नु पनि हो ।

विजयादशमीका दिन बज्रबाराही माई दर्शनार्थ काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट ठूलो संख्यामा दर्शनार्थी आउने गर्छन् । काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठमध्ये एक बज्रबाराही धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले महइभ्वपूर्ण शक्तिपीठ हो ।
विजया दशमीको धार्मिक चहलपहलबीच आयोजना हुने कला प्रदर्शनी मन्दिर दर्शन गर्न आउने सर्वसाधारणका लागि अवलोकन गर्ने वातावरण सिर्जना गर्नसक्नु नै आफ्ना सफलता भएको कलाकार बताउ“छन् । पूजाआजा र दर्शनका लागि आएका श्रद्धालु चित्र तथा मूर्तिकलासँग साक्षात्कार हु“दा धार्मिक यात्राले सांस्कृतिक अनुभवको रूप लिने उनीहरूको विश्वास छ ।
बज्रबाराही धार्मिक वनबीचको खुला कला प्रदर्शनीले धर्म र कलालाई प्रतिस्पर्धीभन्दा पनि एकअर्कालाई समृद्ध बनाउने सांस्कृतिक अभ्यासका रूपमा प्रस्तुत गरेको छ । धार्मिकस्थलको वातावरणमा कला प्रदर्शन हुँदा स्थानीय सम्पदाको महइभ्व र सांस्कृतिक पहिचानप्रति अझ बढी ध्यान आकर्षित गर्ने अवसर प्रदान हुने सहभागी कलाकार बताउ“छन् ।
परम्परालाई निरन्तरता, नयाँ पुस्तालाई प्रेरणा
२०५५ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको कला प्रदर्शनी यसको नियमिततामै पनि सीमित छैन । स्थानीय कलाकारलाई आफ्ना सिर्जना सार्वजनिक गर्ने अवसर प्रदान गर्नु, नयाँ पुस्तालाई कलाप्रति आकर्षित गर्नु, कलाकृतिको महइभ्व बुझाउनु, कला संकलन संस्कृतिलाई बढावा दिनु नै प्रदर्शनी महता हो ।

प्रकृतिबीच कला प्रस्तुत गर्ने अभ्यासले प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदा संरक्षण’boutसमेत जनचेतना फैलाउन पनि मद्दत पुग्ने देखिन्छ । कला सिर्जना र प्रदर्शनलाई समुदायसँग जोड्दा स्थानीय पहिचान जीवन्त बन्न जान्छ ।
तीन दशकनजिक पुग्दै गरेको कला यात्राले ‘कला समाजबाट अलग रहने वस्तु होइन, समाजकै अनुभव, स्मृति र पहिचानको अभिव्यक्ति हो’ भन्ने भाव अभिव्यक्त गरेको छ । गत ४ कात्तिक बुधबार सम्पन्न कला प्रदर्शनी करिब पाँच हजारबढीले अवलोकन गरेको आकलन छ ।


सम्बन्धित समाचार
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु
आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
बाजुराको चारवटा वडा अझै सडक सञ्जालको पहुँच बाहिर
नेपाली वेब सिरिज ‘तथास्तु’ सार्वजनिक
रंगीचंगी फूलले फेरिँदै धनगढीको मुहार, सडक र चोकमा बगैँचाको झल्को
सांस्कृतिक तथा राष्ट्रिय महत्त्वका चलचित्र निर्माणका लागि साढे तीन करोड अनुदान, आवेदन दिन २१ दिनको समय
एनपीएल ३ : आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
जमिनमुनि गाडिएका तीनवटा ड्रममा करोडौँ रुपैयाँ






