Wednesday, September 22, 2021
Your Ads Here
HomeBreaking Newsमाधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ...

माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ : नेम्वाङ

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले यथास्थितिमा प्रतिनिधिसभाको बैठक चल्न नसक्ने बताएका छन् । आइतबार बसेको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यथास्थितिमा आफूहरूले संसद् बैठक चल्न नदिने चेतावनी दिएका हुन् ।

एमालेका तत्कालीन माधवकुमार नेपालसहितका १४ जना सांसदमाथि कारबाही गरिएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले जारी नगरेसम्म बैठक चल्न नदिने नेम्वाङको भनाइ छ ।

एमालेले आफ्ना सांसदमाथि कारबाही गरिएको पत्र पठाउँदा १३ दिनसम्म सभामुख सापकोटाले सूचना जारी नगरेको भन्दै उनले सभामुखले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने माग गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

‘एमालेको बैठक आफ्ना १४ जना सांसदमाथि कारबाही गरेर संसद् सचिवालयलाई जानकारी गराउँदा सभामुखले १३ दिनसम्म सूचना प्रकाशित गर्नुभएन’, नेम्वाङले भने, ‘निर्वाचन आयोगले दलको मान्यता दिएपछि सभामुखले अब आफूले केही गरिरहनु परेन भनेर कानुनी जिम्मेवारी पूरा गर्नुभएन । हामीले कानुनले तोकेको आफ्नो जिम्मेवारी पूरा गर्नु भनेको हो ।’

एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले गत बुधबार र शुक्रबार तथा आइतबारको बैठकमा नाराबाजी गर्दै अवरोध पुर्‍याएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 113 times, 1 visits today)

आजको समाचार

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

स्थायी समिति प्रचण्डको ‘बिफ्रिङ’ : बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुन्छ

  काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति...

नेप्से सूचक १०४.८८ अंकले बढ्याे

काठमाडौं । सेयर बजारमा चमक आएको छ । मंगलबारदेखि सुधारको लयमा फर्किएको सेयर बजारमा बुधबार नेप्से सूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा आइपुगेको छ...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

साताका लोकप्रिय समाचार

एमालेसंग संवाद गर्नुस् भन्दै सत्ता साझेदार दलले दिएकाे सुझाव सभामुखले मानेनन्

  काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझावलाई सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् । सत्तारुढ...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

सरुवामा आर्थिक चलखेलको गन्ध बिचौलियाको घेराबन्दीमा मन्त्रालय

काठमाडौं । सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएर कामकारबाही प्रभावकारी रूपमा अघि बढाउन नसक्दा प्रशासन क्षेत्रमा चरम बेथिति सिर्जना हुन थालेको छ । आकर्षक स्थानमा सरुवा...

नेपाली कांग्रेसको आसन्न महाधिवेशन र लोकतन्त्रको सुढृढीकरण

प्रारम्भ नेपाली कांग्रेसमा लामो समयदेखि महाधिवेशनका लागि गरिएको प्रतीक्षाको घडी प्रायः समाप्त भएको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा यस दलको महाधिवेशनले नेपालमा लोकतन्त्रको भविष्य...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

ट्रेन्डिङ

सिन्धुपाल्चोकमा खोलाले बगाएर वृद्धको मृत्यु

चौतारा । सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर आज एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसीपा निवासी ५७ वर्षीय धावा लामा...

मुलुक छिर्न नपाएर सिमा नाकामै मृत्यु भएका युवाको परिवारलाई पाँच लाख

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच/पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)