Monday, September 27, 2021
Your Ads Here
Homeप्रदेशआइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

राजधानी समाचारदाता,
sharethis

 

गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।

किसानहरुका तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्टराईलाई सो पत्र बुझाएका हुन । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै गत बुधबार किसानहरुले रौतहटमा प्रदर्शन गरेका थिए ।

नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको र अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ । सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार हजारौ ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए ।

धान बालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भए पछि भारतीय बजारहरुबाट खेतिका लागी मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न समस्या भएको किसानको गुनासो छ ।

किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, प्रयाप्त मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था, भुमिहिनलाई जग्गा र किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्थाको माँग गर्दै आइटी आर्मीको किसान मोर्चाले ज्ञापन पत्र बुझाएको हो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा जाने पूर्व सांसद कुशवाहाले बताए । छिटो भन्दा छिटो किसानहरुको माँग पुरा नभएन किसानहरु सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले चेतावनी दिएका छन् ।

नेपाल सरकारले पर्याप्तमात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा किसान पीडित भएका छन । समयमा पानी नपर्ने, बालि लगाएपछि बाढी आउने, बालि हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने कारण कयौं किसानहरुले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन ।

सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरु बताउछन् । किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई अवगत गराउन आन्दोलनमा उत्रिएको प्रदेश सभा सदस्य कुशवाहाले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 35 times, 1 visits today)

आजको समाचार

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

आम निर्वाचनकै झल्को : सुनसरी कांग्रेसमा पौडेल पक्ष बलियो

  इटहरी । नेपाली कांग्रेस सुनसरीमा १२ वटा स्थानीय तहमध्ये दश वटा पालिकामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार भएको मतदान र आइतबार बिहानसम्म...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

धनकुटामा एकीकृत समाजवादीका अधिकांस पदाधिकारी र सदस्यहरु नै ‘गोप्य’

  धनकुटा । नेकपा एमाले बिभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) को शनिवार सम्पन्न प्रथम धनकुटा नगर भेलाले सुजन भाई जोशीको अध्यक्षतामा नगर कमिटी गठन...

साताका लोकप्रिय समाचार

सरकार गाैतम बुद्ध विमानस्थल निर्माणमा बिलम्ब गर्दैछ : विष्णु पाैडेल

  काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब गरे मान्य नहुने बताएका छन् । उनले...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

राजनीतिमा व्यक्तिको होइन, कार्यशैलीको महत्व हुन्छ

राजनीतिमा व्यक्तिको होइन कार्यशैलीको महत्व हुन्छ भने कुरा अहिले होइन प्राग, ऐतिहासिक कालबाटै मान्य हुँदै आएको हो । पूर्ववैदिक युगकै समयमा ठूलाले सानालाई बलियोले...

प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी

  इटहरी । प्रहरी र भन्सार कार्यालयमा सेटिङ मिलाएर छुटाइ दिन्छु भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार...

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

ट्रेन्डिङ

कोरोनाबाट आमा गुमाएको शिशुलाई खतिवडाको ५१ हजार सहयोग

काठमाडौं । कोरोनाबाट पहिलो पटक नेपालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी एक महिलाको शिशुका लागि अमेरिकामा बस्दै आएका नेपाली युवा दिनेश खतिवडाले ५१ हजार १ सय...

बिचल्लीमा परेकाको सहारा बन्दै यादव

सप्तरी, राजविराज । कोरोना प्रकोप नियन्त्रणका लागि सरकारले गरेको खर्चमा भ्रष्टाचार भएको आरोप लागिरहँदा सप्तरीका एक समाजसेवी भने आफ्नै लगानीमा विभिन्न प्रकोपबाट पीडितहरुका लागि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)