१ असोजदेखि विद्यालय खोल्ने निर्णय फिर्ता, तत्काल विद्यालय नखुल्ने

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ । अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो ।

निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा जनस्तरबाट विद्यालय खोल्ने निर्णयको चर्को विरोध भएको थियो ।

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने आदेश जारी गरेका छन् ।

गर्नै पर्ने भएमा स्थानीय तहहरूले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।

‘महानगरपालिका तथा नगरपालिकाले विद्यालय संचालन गर्नुपूर्व आआफ्नो पालिकास्तरमा कोभिड- १९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन संचालक र संचालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड- १९ विरुद्धको खोप लगाउनुपर्ने, अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही संचालन गर्न सकिनेछ’, आदेशमा भनिएको छ ।

आदेशमा कोभिड-१९ को संक्रमण कायमै रहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, जात्रा महोत्सव नगर्न, स्वास्थ्य प्रोटोकल पालना गरेर चाडपर्व मनाउन भनिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

यो वर्षको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न मिनि संसदको निर्देशन
प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रिय सभा बैठक आज
आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण
सोमबारभित्रमा हस्ताक्षर फिर्ता लिन नेपाल समूहलाई ओलीको अल्टिमेटम
रेडियोसँग मितेरी
धनकुटाको जोरपाटीमा नयाँ प्रहरी चौकी

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी