श्वेताका दुःख, दुर्घटनामा छाेरा गुम्याे, आफ्नाे शरिर चल्दैन

स्याङ्जा । मान्छेमा जन्मे पछि मरिन्छ भन्ने बुझाई छ । जिवनको दौरानमा के के भोग्ने हो भन्ने कसैलाई थाहा पनि हुदैन । यो धर्तीमा जन्मेपछि केही न केही गर्ने इच्छा हरेक मानिसमा हुने गर्छ । यसको प्रयोग र भोगाई भने भाग्यले निर्धारण गर्ने गर्दछ ।

यो कसैले सोच्न सक्दैन । यस्तै भाग्यको चपेटामा छन् वालिङ १४ की स्वेता परियार । २०७६ साल भदौ १८ गते आफु सहित दुई छोरा लिएर माईतबाट घर फर्केकी परियार सग्लो शरिर लिएर घर फर्कन पाईनन् । दुई छोरा मध्ये एक छोरालाई बाटोमा गुमाईन भने एक छोरा र आफु घाईते शरिर लिएर घर आउन बाध्य भईन् ।

तिजको रमाईलो सकेर माईतबाट घर फर्केकी स्वेता लु १ ज ३८४१ नम्वरको जिपले सबै सपना उडाईदियाे । उनले जिवनकालमा यस्तो  हुन्छ हाेला भन्ने कल्पना समेत गरेकी थिइन् । पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ तर्फ आईरहेको जिप गल्याङ बजार नजिकै आईपुग्दा दुर्घट्ना हुन पुग्यो । दुर्घट्नामा उनले ९ महिनाको  छोरालाई घट्नास्थलमै गुमाउन पुगिन भने ५ बर्षिय छोराको खुट्टा भाच्चियो ।

स्वेताको भने कम्मर देखि तलको भाग चल्नै नसक्ने गरी चोट लाग्यो । छोरा र उनको उपचार पोखरा स्थित हरिया खर्कमा भयो । तर स्वेताको कम्मर देखि तलको भाग कहिल्यै नचल्ने भयाे । बुढेसकालका साहारा मानिएकी बुहारीको यस्तो अवस्था देख्दा उनीकी सासु भीमा कुमारी चिन्तित् छन्  ,“बुहारीको त्यस्तो अवस्था र नातीको खुट्टा अहिले सम्म निको भएको छैन उनले रुदै भनिन् । छोराले कमाएको सबै रकम बुहारी र नातीकै उपचारमा सकिएको छ । अहिले सम्म यो परियार परिवारले १४ लाख जति रकम उपचारमा खर्च गरेका छन् ।

कुनै समितिमा संलग्न र विमा समेत नगरेको जिपले कुनै उपचार खर्च व्यहोर्न नसक्दा योे परिवारको न पैसा र यो, न शरिर ठिक भयो । पटक पटक वडा प्रहरी र जिल्ला प्रशासन पुगे पनि हुनै राहत नमिलेको उनका ससुरा नुनलाल परियारले बताए । अहिले दैनिक बुहारीलाई शौचालय देखि खानपानमा उनका सासु ससुरा खट्ने गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने यो दम्पतीलाई बुहारीको स्याहार सुसार गर्दैमा दिन वित्ने गरेको छ ।

स्वेताका श्रीमान अहिले कोरिया छन् । उनकै कमाईले घर परिवार धान्दै आएपनि स्वेताको दुर्घट्नाका कारण सबै पैसा उपचारमा खर्च हुने गरेको छ । अहिले सम्म त श्रीमानले माया गर्नुभएकै छ स्वेताले आखाँभरी आशु झार्दै भनिन्,“ सधै विस्तारामा रहिरहदा श्रीमानको पनि माया कस्तो हुने हो ।” बाचेको छोराको पढाई लेखाईमा सरकारले हेरिदिए हुन्थ्यो उनले भनिन् । आउने दिनलाई कसरी विताउने भन्ने मात्रै उनको चिन्ता छ ।

अहिले सम्म उनलाई सासु ससुराले माया गरिरहेको सम्झदै उनी रुदै भन्छिन् मेरो कतिन्जेल स्याहार सुसार गर्नुहोला र । अलि अलि हिड्न् सक्ने हुन पाए हुन्थ्यो उनको मनमा खेली रहेने विषय भएको बताईन् । श्रीमानले कमाएको रकमले राम्रो घर बनाउने, मिठो खाने, छोराछोरीलाई राम्रो विद्यालय पढाउने रहर आज सपना मात्रै भयो भन्दै उनी रुदै त्यो दुर्घट्ना सम्झीरहन्छीन् । उनको त्यो दिन सधैका लागि माईत जाने बाटो समेत बन्द भएको छ । ओछ्यानबाटै जिवनको न्याय सरकारले दिलाउने विश्वासमा स्वेता छन् ।

त्यो घट्नामा बालक सहित ३ जनाको मृत्यु भएको थियो भने ३१ जना घाईते भएका थिए । अन्य घाईते भने स्वेता भन्दा कम रहेको बताइएको छ । दुर्घट्नामा संलग्न चालक उमेर नपुगेका कारण अहिले बालसुधार केन्द्रमा राखिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । सवारी मालिक भने धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपनि सवारी मालिकको सम्पतीका नाममा जिप मात्रै रहेको छ । विमित जिप नभएकाले यो दुर्घट्नामा परेका कसैले पनि उपचार खर्च पाउन सकेका छैन् । यस्ता यात्रुबहाक प्रति पनि प्रशासन चनाखो हुनुपर्छ ।

भाग्यले ठगेको जिवन :

दुर्घट्नामा घाईते भएकी बुहारीको औषधी लगाएर खुट्टामा मालिस गर्दै स्वेता परियारकी सासु भीमा कुमारी । उनको कम्मर देखी मुनीको भाग चल्नै नसक्ने अवस्थामा रहेको छ ।

तस्विर : श्रीकृष्ण सिग्देल/ स्याङ्जा

तपाइको प्रतिक्रिया
(Visited 228 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखाको चुमनुब्री : डाेकाेमा बाेकेर दुई दिनपछि मतपेटिका आइपुग्याे तर, सुरु भएन मतगणना