कागज मिलाइदिन्छु भन्दै पाँच हजार घुस लिने पक्राउ

 

सप्तरी, राजविराज । सेवाग्राहीसँग घुस लिएको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सप्तरी सदरमुकाम राजविराजस्थित घरेलु तथा साना उद्योग कार्यालयमा कार्यरत बिरेन्द्र साह सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट सेवाग्राहीसँग फर्म दर्ता प्रक्रियाका लागि आवश्यक कागजात तयार गरिदिने भन्दै लिएको एक हजार ५ सय रुँपैया बरामद गरिएको र हिरासतमा राखी थप अुसन्धान भइरहेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालय इटहरीले जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा साहलाई पक्राउ गरेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 258 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम