मिसेस नेपाल वल्डमा पनि नेपालकाे सहभागिता

 

काठमाडौं । विगत दुई दशकभन्दा लामो समयदेखि नेपालले मिस वल्र्डमा सहभागिता जनाएर विश्व सुन्दरीबीच नेपाली सुन्दरीलाई पनि चिनाउँदै आएको छ । पहिलोपटक विवाहित महिलाहरूको विश्व सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड’मा पनि नेपालले भाग लिने आधिकारिक अनुमति पाएको छ ।

मिसेस वल्र्डको आयोजक पक्षले यो अधिकार नेपालको रिवन इन्टरट्रेनमेन्टलाई दिएको छ । यो प्रतियोगितामा विश्वभरका ८० भन्दा बढी देशका विवाहित महिला सहभागी हुँदै आएका छन् । यो वर्षबाट नेपालले यो प्रतियोगितामा भाग लिन पाउने भएको छ ।

रिवन इन्टरटेनमेन्टले यसअघि विवाहित महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस नेपाल इन्टरनेसनलको आयोजना गर्दै आएको थियो । यसपटक मिसेस वल्र्डको अनुमति पाए पनि मिसेस नेपाल वल्र्ड आयोजना गर्ने भएको छ ।

मिसेस नेपाल वल्र्डमा सहभागी महिलाहरूबाट उत्कृष्ट हुनेले मिसेस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै जाने आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा जानकारी गराएका छन् ।

आफूहरूले मिस नेपाल वल्र्ड आयोजना गर्दै आए पनि मिसेस नेपाल वल्र्ड यसपटकबाट आयोजना गर्न लागेकामा मिस नेपालको आयोजक संस्था हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले खुसी व्यक्त गरे । मिस नेपालको जस्तै उचाइ मिसेस नेपालले लिने र यसले विवाहित नेपाली महिलाहरूलाई विश्वमा चिनाउन विश्वास पनि पत्रकार भेटघाटका क्रममा कक्षपतिले व्यक्त गरे ।

रिवन इन्टरटेनमेन्टका अध्यक्ष झाका अनुसार २१ देखि ४५ वर्षसम्मका विवाहित प्रतिभाशाली महिलाहरूले मिसेस नेपाल वल्र्डमा सहभागिता जनाउन पाउनेछन् । यो प्रतियोगिताको फारम नखुल्दै युरोप, अस्ट्रेलिया, अमेरिका, मध्यपूर्वी एसियामा रहेका नेपालीहरूले आफ्नो सहभागिताको अडिसनका लागि नाम टिपाइसकेको पनि झाले पत्रकार भेटघाटका क्रममा बताए ।

यसपटक मिसस वल्र्ड अमेरिकाको लस भेगासमा आयोजना हुने भएको छ । रिवन इन्टरटेनमेन्टका अध्यक्ष झाका अनुसार मिसेस नेपाल वल्र्डको पहिलो संस्करणको घोषणासँगै यस वर्षबाट यसको विजेताले सन् २०२२ को जनवरीमा लस भेगासमा हुनेछ । मिसेस वल्र्डमा नेपालको तर्फबाट विजेताले प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।

झाका अनुसार मिसेस नेपाल इन्टरनेसनलको पाँचौं संस्करण सन् २०१९ मा सम्पन्न भए पनि यस वर्ष मिसेस वल्र्ड नेपालको फस्ट रनर अपले सिंगापुरमा आयोजना हुने मिसेस इन्टरनेसनलमा सहभागिता जनाउनेछन् । यो प्रतियोगितामा सहभागी हुन फारम पनि खुला गरिएको झाले पत्रकार भेटघाटका क्रममा बताएका छन् ।

यो प्रतियोगिताले विश्वका महिलाहरूको शीर्ष प्रतियोगिता मिसेस वल्र्डमा जान नेपाली महिलालाई अवसर खुलेको अभिनेता धिरेन शाक्यले पत्रकार भेटघाटका क्रममा बताएका छन् ।

यो प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय कोरियोग्राफर आश्विनी झाले गर्ने पत्रकार भेटघाटका क्रममा जानकारी गराइयो ।

तपाइको प्रतिक्रिया
(Visited 257 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका