१ लाख२० हजार भन्दाबढी बालबालिकाहरुलाई दादुराको खोप

 

रौतहट। रौतहटका १८ वटा स्थानिय तहका करिब १ लाख २० हजार भन्दा बढी बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन । रौतहटका १८ वटै स्थानिय तहका ९ महिना देखी ५ बर्ष मुनीका करिब १ लाख बिस हजार भन्दा बढी बालबालिकाहरुलाइ दादुरा रुबेलाको खोप लगाइएको स्वास्थ्य कार्यालय रौतहटका खोप अधिकृत अनिल कर्णले जानकारी दिएका छन ।

पहिलो चरण अन्तर्गत फागुण १ गतले देखी ९ गते सम्म २ गाउँपालिका र ८ नगरपालिका सहित १० वटा स्थानीय तहमा अभियान चलाइएको खोप अधिकृत कर्णले बताए ।

जस अनुसार दुर्गा भगबती र यमुनामाइ गाउँपालिका,राजदेबी,कटहरिया,देबाही गुनाही,बृन्दावन,गुजरा लगायत नगरपालिकामा पहिलो चरणमा खोप लगाइएको थियो । त्यसैगरी दोश्रो चरणमा ८ वटा नगरपालिकाहरुमा अभियान चलाइएको उनले जानकारी दिए । दोश्रो चरण अन्तर्गत गत फागुण १५ गते देखी २३ सम्म चन्द्रपुर,गौर,इशनाथ,बौधीमाइ,मौलापुर,गडीमाइ,फतुवा बिजयपुर लगायत नगरपालिकामा अभियान चलाइएको खोप अधिकृत कर्णले बताए ।

स्वास्थ्य कार्यालय रौतहटले १ लाख २९ हजार ५ सय ५१ वालबालिकाहरुलाई खोप लगाउने लक्ष्यका साथ काम गरेको खोप अधिकृत कर्णले जानकारी दिएका छन ।

सबैै बालबालिका ९ र १५ महिना गरी दाुदरा–रुबेलाको गुणस्तरीय खोपको दुई मात्रा दिएमा यो रोग पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने कर्णको भनाइ रहेको थियो । नेपाल सरकारले पनि सोहि अनुसार सन् २०२३ सम्ममा दादुरा र रुबेला रोग निवारण गरी सबै बालबालिकाको स्वास्थ्य रक्षा गर्ने लक्ष्य अनुसार रौतहटको हरेक खोप केन्द्रमा खोप लगाउने अभियान चलाइएको स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए ।

नियमित खोप तथा अभियानहरुमा बालबालिकालाई दादुरा–रुबेला खोप दिईएको कारण हाल नेपालमा विगतमा भन्दा दादुरा रुबेलाको रोगीहरुको दर ९५ प्रतिशत ले घटेको स्वास्थ्य अधिकृत साहको दाबी छ ।
अभियान चलाउनु पहिला स्वास्थ्य कार्यालयले संचारकर्मी,जनप्रतिनिधि,गैर सरकारी संस्था,कर्मचारी लगायतहरुसंग अन्तरक्रिया गरेको स्वास्थ्य अधिकृत साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 639 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो