रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको च्याम्पियन बनेका छन् । रत्नजित पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् ।

ललितपुर महालक्ष्मीस्थानस्थित रिभाइव लिजर पार्कको कोर्टमा मंगलबार भएको फाइनलमा शीर्ष वरीयताका रत्नजितले विश्व जुनियर वरीयताको तेस्रो स्थानमा रहेका आयोजक रिभाइव लिजर पार्कका प्रिन्स दाहाललाई २–१ को सेटमा हराउँदै च्याम्पियन बनेका हुन् । प्रतिस्पर्धात्मक पहिलो सेटमा २०–२२ ले गुमाए पनि त्यसपछिको दुवै सेट आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भएका हुन् । प्रतिस्पर्धात्मक दोस्रो सेट रत्नले २१–१९ ले आफ्नो पक्षमा पार्दै खेलमा फर्कने संकेत दिए । तेस्रो सेटमा २१–१३ को एकपक्षीय जित निकाल्दै उपाधि जित्न सफल भए । रत्नले पछिल्लोपटक नवौं पुष्पालाल स्मृति वरीयता च्याम्पियनसिपको उपाधि जितेका थिए । उपाधिसँगै रत्नजितले ५० हजार रुपैयाँ हात पारे । दोस्रो भएका प्रिन्सले २५ हजार रुपैयाँ तथा तेस्रो भएको प्रफुल महर्जन र साजन कृष्ण ताम्राकारले समान १०–१० हजार रुपैयाँ हात पारे । योसँगै रत्नले गत वर्ष दुई प्रतियोगिताको सेमिफाइनलमा भोगेको हारको बदला लिएको छ । रत्नजित गत वर्ष सिन्धुपाल्चोकमा भएको सर्वाधिक पुरस्कार राशिको तेस्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिता र सिरहाको लाहानमा भएको १०औं पुष्पलाल स्मृति राष्ट्रिय याङकिङ ब्याडमिन्टन प्रतियोगितामा सेमिफाइनलमा पराजित भएको थियो ।

महिला एकलतर्फ आर्मीकी रशिला महर्जन च्याम्पियन बनिन् । उनले फाइनलमा आफ्नै क्लबकी अनुमाया राईमाथि २–१ को सेटमा जित निकाल्दै उपाधि जित्न सफल भइन् । पहिलो सेटमा २१–८ को एकपक्षीय जित निकालेकी रशिलाले दोस्रो सेट १७–२१ ले गुमाउन पुगेकी थिइन् । प्रतिस्पर्धात्मक बनेको निर्णायक तथा तेस्रो सेटमा रशिलाले २२–२० को संघर्षपूर्ण जित निकालिन् । उपाधिसँगै रशिलाले ५० हजार रुपैयाँ हात पारिन् । दोस्रो भएकी अनुले २५ हजार रुपैयाँ तथा तेस्रो भएको जेसिका गुरुङ र अमिता गिरीले समान १०–१० हजार रुपैयाँ हात पारे ।

शीर्ष २० देखि बाहेकका पुरुष युगलतर्फ मनकामना स्पोर्ट्स क्लबका बिशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले साइनो स्पोर्ट्स क्लबका राम बाँनिया र सुजन थापाको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जित्न सफल भए । पहिलो सेट २१–१६ ले जितेको राम बाँनिया र सुजन थापाको जोडीले दोस्रो सेट १७–२१ ले गुमाएका थिए । निर्णायक सेटमा २१–१८ जित निकाल्यो । उपाधिसँगै बिशाल बस्नेत र प्रनिस सिंह ठकुरीको जोडीले ५० हजार तथा दोस्रो भएको राम बाँनिया र सुजन थापाको जोडीले २५ हजार रुपैयाँ प्राप्त गरे । तेस्रो भएको प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पा र विधान अधिकारी र विशाल खड्काको जोडीले समान १०–१० हजार रुपैयाँ हात पारे ।

भेट्रान्स ४५ वर्षमाथि युनिक स्पोर्ट्स नेपालगन्जका अनिल लाँखे र चितवनका सुभास श्रेष्ठको जोडीले रिभाइज लिजर पार्कका रामशरण केसी र हरि खत्रीको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जित्न सफल भए । पहिलो सेट १९–२१ ले गुमाए पनि त्यसपछिको दुवै सेट २१–१४ र २१–१९ ले जित्न सफल भएको हो । उपाधिसँगै सुभास र अनिलको जोडीले २५ हजार रुपैयाँ हात पारे । दोस्रो भएको रामशरण केसी र हरि खत्रीको जोडीले १५ हजार तथा तेस्रो भएको राम केसी र मिलान थापाको जोडी र किशोर व्यन्जनकार र सुदिन शाक्यको जोडीले समान ५–५ हजार प्राप्त गरे । १ असोजदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, शीर्ष २० देखि बाहेकका पुरुष युगल र ४० वर्षमाथिको भेट्रान्स युगल गरी ४ विधामा २ सय बढी खेलाडीले सहभागिता जनाएका थिए ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, रिभाइव लिजर पार्कका सञ्चालक तथा आयोजक कमिटीका अध्यक्ष शुक्र पाख्रिन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक कमिटीका लीलाबहादुर थापा, ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठलगायतले पुरस्कृत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९० हजार मत गन्दा केशव भन्दा बालेन १५ हजार मतले अगाडी