काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी तथा प्रभावशाली नेताहरूको बैठक आज बिहीबार पनि बस्दै छ । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बताइएको छ ।
काँग्रेस नेता गोपालमान श्रेष्ठका अनुसार महाधिवेशन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पौडेल समूहका एक नेताका अनुसार आजको बैठकमा पौडेल समूहले आफूहरूले पाउने मन्त्रालयको सङ्ख्या माग गर्ने, भागबन्डा टुङ्गो लगाउन दबाब दिने तयारी गरेको छ । काँग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले हिजो (बुधबार) पनि छलफल गरेका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)






