दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित निकाल्दै दिल्ली शीर्ष स्थानमा फर्किएको हो । १ सय ३५ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल अगावै मात्र दुई विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

दिल्लीका श्रेयस अइयर ४७ रनमा अविजित रहँदा शिखर धवनले ४२ रन बनाए । त्यस्तै कप्तान ऋषभ पन्त ३५ रनमा नटआउट रहे । यसअघि दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । हैदराबादका अब्दुल समादले २८ तथा राशिद खानले २२ रन जोडे ।

बलिङमा दिल्लीका काशिगो रबाडाले तीन तथा एनरिच नोर्जे र अक्क्षर पटेलले समान दुईदुई विकेट लिए । जितसँगै दिल्लीले ९ खेलबाट १४ अंक जोड्दा ८ खेलबाट मात्र दुई अंकसहित हैदराबाद पुछारमा रहेको छ । आज साविक विजेता मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

उच्च ओहदाका को कति व्यक्ति प्रभावित !
प्रचण्ड र नेपाल नसम्हालिए ओलीले कार्वाही गर्ने
‘राष्ट्रपति कार्यालयले सांसदको निवेदन दर्ता गरेको भए मुलुकमा दुर्घटना हुन्थ्यो’
प्रतिनिधिसभा विघटन : यी न्यायाधीशको इजलासमा तोकियो पेसी
महामारीको चपेटामा पर्यटन
सर्लाहीका किसानका पीडा : पोहोर फौजी किराले सतायो यसपाली सलहले

आजको समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
महाअभियोगको सामना गर्न प्रधानन्यायाधीश जबरा तयार
कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

साताका लोकप्रिय समाचार

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव
परिचय नखुलेका व्यक्तिलाई भाडामा बस्न नदिन गृह मन्त्रालयको आग्रह
नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले निकास दिनुपर्ने

भर्खरै

परमादेश त पाँचैजनाले गर्नुभएको थियो, किन एकजनाको राजीनामा माग्नुहुन्छ श्रीमान् : ओली
Kumar Raut || 26 October 2021
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले सर्वाेच्च अदालतका न्यायाधीशहरूको भूमिकाबारे अहिले बाहिर आउन थालेको टिप्पणी गरेका छन्...

कुरी-कुरी