नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

 

काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखा र लोत्से बहुउद्देश्यीय प्रालिले संयुक्तरूपमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याएका हुन् ।

आजदेखि सुरु भएको ‘यात्रु सहायता कक्ष’को लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दिपक कुँवरले शुभारम्भ गरे । कार्यक्रममा इञ्जिीनियर कुँवरले नयाँ बसपार्कसँगै देशको सबै प्रदेशसँग सञ्जाल जोडिएको भन्दै चाडबाडमा हुनसक्ने चोरी, ठगी, लुटपाट नियन्त्रण र यात्रुलाई सहजरूपमा गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा ‘यात्रु सहायता कक्ष’बाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले चाडबाडका लागि घर जाने टिकटसम्बन्धी कुनै समस्या परे त्यसको समाधान गर्ने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याउन लागेको बताउनुभयो । ‘यात्रु सहायता कक्ष’ले दसैँ मान्न घर जान लागेका यात्रुलाई सहजता प्रदान गर्ने उनको भनाइ छ ।

हाल काठमाडौँको नयाँबसपार्कबाट देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक सवारी साधन आवतजावत गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकासँग ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कबाट हाल दैनिक एक हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दै आएका छन् । नयाँ बसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नयाँ बसपार्कबाट सुरु भएको ‘यात्रु सहायता कक्ष’ आगामी दिनमा गौशाला, बल्खु, कोटेश्वर, सातदोबाटो, कलङ्की, नागढुङ्गा, स्वयम्भू, माछापोखरी, चाबहिल, जगाति, सुन्धारा, रत्नपार्क र फर्पिङमा सञ्चालन हुने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 2 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

राजधानी र नामकरणका लागि प्रदेश २ मा आज मतदान
भारतद्वारा औषधि निर्यातामा नियन्त्रण गर्ने घोषणा : विश्वभरी औषधिको अभाव हुने भय
लकडाउन अवज्ञा गर्नेलाई फुटसल मैदान
पाँचखपनमा आगलागी हुँदा ८ लाख क्षति, एक घाइते
कहाँ गयो स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ ?
जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदान गर्दै आएको सेवाको ढाँचा परिवर्तन हुने

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी