सरकार गाैतम बुद्ध विमानस्थल निर्माणमा बिलम्ब गर्दैछ : विष्णु पाैडेल

 

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब गरे मान्य नहुने बताएका छन् । उनले हाल सरकार पक्षबाट नै यस विमानस्थल बनाउने कार्य सम्पन्न गर्न ढिलाइ तथा अवरोध भरिरहेको आरोप लगाए ।

उनले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे । रूपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउन एसियाली विकास बैंक (एडीबी)सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।
यसैगरी, पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयवासीलाई आह्वान गरे । ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउन एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका काम सम्पन्न भएका छन् । अत्याधुनिक टर्मिनल निर्माणको डिजाइनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग-यो भने हाम्रो निम्ति मान्य हुने छैन,’ उनले भने ।

त्यसैगरी, पौडेलले भने, ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सेकेन्ड फेजको काम सम्पन्न गर्न सरकारलाई बिनाआनकानी ‘काउन्टर पार्ट फन्ड’ सुनिश्चित गर्न, एडीबीसँग शीघ्र सम्झौता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दबाबकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।’

उनले गृह जिल्ला रूपन्देहीलाई देशकै नमुना जिल्ला हुनेगरी विकास गर्न आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुट्याइएको बजेट सरकारले कटौतिी गरेको समेत आरोप लगाए ।

तपाइको प्रतिक्रिया
(Visited 408 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा