प्रदेश–२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयबाट गएको टोलीले आज मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो ।

साइकल खरिदमा अनियमितता भएको उजुरीको छानविनको क्रममा अख्तियारले छापा मारेको जनाएको छ । प्रदेश–२ ले छोरीहरू विद्यालय पठाउने कार्यलाई उत्प्रेरित गर्नेगरी ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम सञ्चालन गरेको छ । त्यो कार्यक्रमअन्तर्गत बालिकाहरूलाई साइकल वितरण गरिन्छ । उक्त साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात लिन छापा मारेको हो ।

अख्तियार स्रोतका अनुसार केन्द्रबाट आएको टोलीले कागजात लिएको हो । प्रदेश २ सरकारले २०७५ साल मंसिरबाट ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । सो अभियानको क्रममा अनियमितता भएको अख्तियारले प्रारम्भिक छानविनबाट पत्ता लगाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 369 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल