Sunday, May 9, 2021
Home Editor-Picks सडक मर्मत गर्न रातभरि अनिँदै

सडक मर्मत गर्न रातभरि अनिँदै

२० घण्टासम्म खटिरहेका छन् सडकका कर्मचारी

,

काठमाडौं । अहिले उपत्यकाका धेरै सडक खण्डमा बेलुका खाल्टाखुल्टी भएको ठाउँमा बिहानसम्म कालोपत्रे थपिने क्रम बढिरहेको छ । काठमाडौंमा मात्र पाँच दिनमा डबल लेनमा झन्डै पाँच किलोमिटर कालोपत्रे थपिएको छ । अहिलेसम्म उपत्यकामा आवधिक मर्मतसहित झन्डै ३२ किलोमिटर सडकमा कालोपत्रे भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रधानमन्त्रीका पूर्वाधार विज्ञ गजेन्द्र थपलिया र सडक विभागका पदाधिकारीको सक्रियताले उपत्यकाको सडकको स्तरोन्नति, मर्मत तथा कालोपत्रे थप्ने तथा खाल्टाखुल्टी पुर्ने काममा परिवर्तन आएको हो । त्यहीँ परिवर्तनको नतिजा दिलाउन खटिने कर्मचारीको कथा भने मार्मिक छ । उनीहरूले न निन्द्रा भन्न पाएका छन्, न सार्वजनिक बिदा । त्यति मात्र हैन, दिउँसो कार्यालय र रातभरि फिल्डमा खटिने कर्मचारीले थप सुविधा बिना नै काम गरिरहेका छन् ।

सडक विभाग डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले बिहीबार रातभरि काममा खटिएको बताए । ‘हामीले बिहीबार बेलुकादेखि शुक्रबार बिहान करिब ६ बजेसम्म कालोपत्रे थप्ने काम गर्यौ ।’ उनले राजधानीसँग भने । बिहीबार राति डिभिजन कार्यालय काठमाडौंले सोह«खुट्टे–बालाजु र कालिमाटी–विष्णुमती सडकखण्डमा कालोपत्रे थप्ने काम गरेको थियो । शुक्रबार राति पनि त्यस सडक खण्डमा काम भइरहेको प्रमुख नेपालीले बताए । ‘हिजो रातभरि काम गरे पनि आज चाँहि ११÷१२ बजेसम्म मात्र गर्ने योजना छ, पानी पर्ला कि जस्तो देखिएको छ, त्यसैले रातभरि नगरौं भन्ने भयो ।’ शुक्रबार साँझ टेलिफोनमा उनले भने ।

सडक विभागले हालै मात्र काठमाडौं भित्रने र बाहिरिने मुख्य नाका नागढुंगामा कालोपत्रे थप्ने काम सम्पन्न गरेको छ । त्रिभुवन विश्वविद्यालयको गेट अगाडि, सिंहदरबार अगाडि, टेकु, प्रदर्शनीमार्ग, बानेश्वरलगायतका सडकखण्डमा कालोपत्रे थप्ने काम सम्पन्न भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले आफ्नो कार्यकाल सय दिन पुगेको अवसरमा १७ फागुनमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा २४ हजार तीन सय वर्गमिटर अर्थात् नौ हजार पाँच सय खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी गराएका थिए । त्यस क्रममा काठमाडौं उपत्यकामा २७ किमी सडकमा आवधिक मर्मतसहित कालोपत्रे कार्य सम्पन्न भएको जानकारी गराएका थिए ।

रातभरि काम छैन सुविधा
सडक विभागका कर्मचारीले रातभरि काममा खटिए पनि त्यसबापतको सुविधा भने पाएका छैनन् । डिभिजन प्रमुख नेपालीले आफूलाई सुविधा नदिए पनि अन्य कर्मचारीलाई प्रोत्साहनका लागि सुविधा दिन मन्त्रालयसँग आग्रह गरेको बताए । उनका अनुसार पाँच जना इन्जिनियर, १२ जना सब–इन्जिनियर काठमाडौं डिभिजनमार्फत खट्दै आएका छन् । ‘जेब्रा क्रसिङ’ जोगाउनै मुस्किल सरकारले जेब्रा क्रसिङ तथा लेन बनाउने कामलाई पनि तीव्रता दिएको छ । तर, सर्वसाधरणको असहयोगले काम नै प्रभावहीन बनेको छ । जेब्रा क्रसिङ निर्माणपछि सुक्नका लागि कम्तीमा १५ मिनेट आवश्यक पर्ने हुन्छ । तर, सर्वसाधरणले जथाभाबी सवारी चलाइदिनाले जेब्रा क्रसिङ बनाई नसक्दै उक्किँदै आएको छ ।

सरकारले आफ्नै घर आँगन अगाडि विकास निर्माणको काम गरिरहँदा पनि सर्वसाधरणले भने बेवास्ता गर्ने गरेका छन् । सडक विभागका अनुसार सडक मर्मत तथा स्तररीकरणमा सहयोग गर्ने काममा स्थानीयको भूमिका शून्य जस्तै रहेको छ । कतिपयले विकास निर्माणको विषय उठाए पनि साझा मुद्दाभन्दा पनि स्वार्थका आधारमा मुद्दा उठाउने गरेको एक अधिकारी बताउँछन् ।

सहरी मन्त्रालयको सक्रियता बढ्यो
काठमाडौं उपत्यकाको विभिन्न स्थानका सडकमा कालोपत्रेको कामले तीव्रता पाइरहेको अवस्थामा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि थप पहल अगाडि बढाएका छन् । मन्त्रीको सचिवालयका अनुसार शनिबार सोह्रखुट्टे लिंकरोडदेखि ढल्को लिंकरोडसम्मका विभिन्न स्थानमा कालोपत्रे हुन लागेको छ ।

बालाजु बाइपासदेखि मुड्खु भञ्ज्याङसम्म पुग्ने सडक पनि शनिबारदेखि नै कालोपत्रे सुरु हुने भएको छ । सडक कालोपत्रे भएपछि नुवाकोट र रसुवाको यात्रा गर्ने सर्वसाधारणलाई पनि सहज हुनेछ ।

सचिवालयका अनुसार मन्त्री मानन्धरको पहलमा यसअघि बालाजुको माछापोखरीदेखि बाइपाससम्मको सडक कालोपत्रे भइसकेको छ भने सोह्रखुट्टेदेखि बालाजु चोकसम्मको सडक पनि कालोपत्रे गरिएको छ । काठमाडौं उपत्यकासहित देशभर सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको बताउँदै मन्त्री मानन्धरले केही दिनभित्र उपत्यकाका भित्री सडक सफा हुने बताएका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पनि मन्त्री मानन्धरले शुक्रबार ट्राफिक प्रहरी प्रमुख भिमप्रसाद ढकाल र महानगरीय प्रहरीका प्रमुख धनपति सापकोटासँग छलफल गरेका छन् । छलफलका क्रममा तत्काल लिंकरोडका विभिन्न स्थानमा अस्थायी पार्किङको व्यवस्थापन मिलाउने बारे पहल भएको छ । बालाजु माछापोखरीलगायतका स्थानमा देखिएको अव्यवस्थित पार्किङ व्यवस्थापन थालिनेछ ।

(Visited 2,136 times, 1 visits today)
Loading comments...

आजको समाचार

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

कोरोनाका कारण विवेकशील साझाको महाधिवेशन स्थगित

काठमाडाैं । विवेकशील साझा पार्टीले आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको पार्टीको एकता महाधिवेशन स्थगित गरिएको जनाएकाे छ । तत्कालीन विवेकशील नेपाली...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

साताका लोकप्रिय समाचार

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

भक्तपुरमा एकै परिवारका तीन जना अचेत अवस्थामा भेटिए, एकको मृत्यु

भक्तपुर । भक्तपुरमा एकै परिवारका ३ जना अचेत अवस्थामा फेला परेका छन् । सुर्यविनायक नगरपालिका वडा नं १० मिलन चोक स्थित वर्ष ६२ को...

कुख्यात वन्यजन्तु तस्कर कुन्जोकलाई सात वर्ष जेल

काठमाडौं । जिल्ला अदालत रसुवाले वन्यजन्तुका ‘अन्तर्राष्ट्रिय तस्कर’ कुन्जोक छिरिङ तामाङलाई सात वर्ष कैद र १ लाख जरिमाना तोकेको छ । जिल्ला न्यायाधीश राजेन्द्र...

गुल्मीमा चट्याङ् लागेर एकको मृत्यु, आठ घाइते

गुल्मी । गुल्मीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४ दजाकोटकी १८ बर्षिय करिश्मा गाहाको चट्याङ् लागेपनि उपचारको क्रममा मृत्यु...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

ट्रेन्डिङ

दिल्लीमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित

नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच...

सिरहामा स्थानीयको कुटपिबाट एक महिलाको मृत्यु, पाँच घाइते

सिरहा । सिरहाको अर्नामा गाउँपालिकामा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । त्यस्तै ५ जना घाइते भएको छ । सिरहाको अर्नामा गाउँपालिका वडा नम्बर-५...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार २५९...

चीनकै एक डाक्टरले विकास गरे कोरोना भाइरसविरुद्धको ‘भ्याक्सिन’

बुहान । विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसविरुद्ध चीनकै एक डाक्टरले भ्याक्सिन विकास गरेका छन् । चीनकै वुहानमा पहिलो पटक देखिएको भाइरस हाल ३ दर्जनभन्दा...

अरुण तेस्रोका मजदुरको आन्दोलन जारी

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा निर्माणधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरले मंगलबारपनि आन्दोलन जारी राखेका छन् । ज्याला नबढाएको र जिल्ला...

पुस्तकमा नागरिक अगुवा पाण्डेको आत्ममन्थन

काठमाडौं । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको नयाँ पुस्तक ‘एक ज्यान दुई जुनी’ पाठकमाझ आएको छ । यो कितावलाई फाइनप्रिन्टले प्रकाशन गरेका हो । पुस्तकलाई...

अमेरिकामा कार्यक्रममा सहभागी भए ह्यारी–मेगन

मियामी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी राजकुमारी मेगन मर्केल जेपी मोर्गन मियामीमा आयोजित एक कार्यक्रममा सहभागी भएको बकिंघम दरबारले जनाएको छ...

कानुनको ‘लुप होल’मा टेकेर सजिलै उम्कन्छन्, वन्यजन्तु तस्कर

काठमाडौं । वन्यजन्तुको ओखेटापहरा तस्कर गर्नेहरू सहजै छुट्ने गरेको पाइएको छ । पछिल्लो समयको घटनाक्रमलाई हेर्दा ‘हाइप्रोफाइल’ मानिएका वन्यजन्तुका तस्कर छुटेका छन् । यसरी...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

सटडाउनमा पुगेको लकडाउन

सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानमा देखिएको कोरोनाले चीनमा सुरु भएर चीनमा नै तवाही मच्चायो । सुरुमा चीन पनि यो भाइरसबारे अलमलमा प-यो ।...

एमबाप्पेले जिते गोल्डेन बुट

पेरिस । फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी)का युवा स्टार केलियन एमबाप्पेलाई फ्रेन्च लिग वानको गोल्डेन बुट प्रदान गरिएको छ । एमकाप्पेले लगातार दोस्रो...

पर्यटक घुम्न सक्ने वातावरण बनाउँछौं

कोभिड–१९ ले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र बनेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला कोभिड–१९ को संक्रमणसँगै थला परेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)