साहित्यकार अशोक शोकीको ‘अन्तर्मनको दृष्टि’ दार्शनिक पुस्तक हो । यसअघि उनका ‘देश मेरो पुस्तक’, ‘मनको यात्रा ः अविश्रान्त पाइला’, ‘कलम यसरी चिप्लियो’, ‘पालुवाको बैंस’लगायत दर्जन कृति प्रकाशित भइसकेका छन् । अन्तर्मनको दृष्टिमा भने उनले मानवजीवनका हरेक पक्ष र पाटा केलाउने प्रयास गरेका छन् ।
बाँच्ने क्रममा मानिसले भोग्ने गरेका संघर्ष, दुःख, पीडा र सुखका विभिन्न पक्ष’bout विश्लेषण गरिएको पुस्तकमा मानवले प्राणीहितका लागि अपनाउनुपर्ने दया, धर्म, धैर्य, कर्तव्य, सत्य र निष्ठाको महत्ता दर्शाइएको छ । जीवन दर्शन अर्थात् मूलज्ञान संघर्षमा लुकेको हुन्छ । दुःख र पीडालाई संघर्षका माध्यमले जित्नुपर्छ । इन्द्रियमाथि विजय पाउन मनमाथि नियन्त्रण आवश्यक हुने यथार्थ तŒवबोध यस कृतिमा पाइन्छ ।
ज्ञान, ध्यान र कर्मले आफूलाई चिनाउनुपर्छ, मानिसको पहिचान नाम, पद र बाहिरी आवरणमा नभएर अन्तर्बाेधमा रहेको हुन्छ त्यसैले मानिसले आफू को हुँ ? आफ्नो कर्म के हो ? भन्ने कुरा पहिचान गर्न सक्नुपर्छ । यो संसारमा जेजति जीवात्मा छन्, सबैको शरीरमा प्राण तŒव रहेको पाइन्छ ।
सबै जीव जनावरको बाँच्ने कला भने फरकफरक हुन्छ । त्यही बाँच्ने कलालाई नै शोकीले धर्मका रूपमा व्याख्या गरेका छन् । न्याय, सत्य, दान, उपकार र क्षमाजस्ता गुण प्राणीहितमा उपयोग हुने कुरा कृतिमार्फत छर्लंग पारिएको छ । शारीरिक, सामाजिक सुरक्षा, आत्मसम्मानजस्ता जीवात्माभित्र रहेका आवश्यकता सरुवा रोग हुन् । यी आवश्यकताभन्दा पर चेतना रहेको हुन्छ त्यसैले यी आवश्यकता महापुरुषले मात्र जित्न सक्छ । अहं र कमजोरी असफलताका प्रमाण हुन् ।
अहंको शक्ति धनदौलत, रूप, यौवन र बलमा निहित हुन्छ । मानवको त के कुरा देवीदेवता पनि अहंले पराजित भएका छन् । अहंकै कारण सर्वश्रेष्ठ धर्नुधर अर्जुनको घमण्ड हनुमानले तोडेको प्रसंग कृतिमा पाइन्छ ।

मानिसभित्र नैतिक र अनैतिक चाहना रहेका हुन्छन् । नैतिक चाहनालाई अध्यात्मका माध्यमबाट र अनैतिक चाहनालाई कानुनी रूपमा नियन्त्रणको प्रयास गरेको पाइन्छ । तथापि, समाजमा भ्रष्ट मानसिकताका व्यक्तिले समाजमा विकृति फैलाइरहेको यथार्थ यस कृतिमा समेटिएको छ ।
मनको स्वच्छ आखाँले चियाउन सके स्वच्छ समाज निर्माण गर्न सकिने विचार कृतिमा पाइन्छ । सृष्टि निरन्तरताका लागि प्रेम अत्यावश्यक तŒव हो । परिवारमा पनि प्रेमपूर्ण भावना र वातावरण आवश्यक पर्छ । माया सिर्जना र नवनिमार्ण हो । हामी प्रकृतिका घामपानीसँग पनि प्रेम गर्छौं ।
शक्तिको उन्मादले विनाशको वातावरण निम्त्याउँछ । यद्यपि, शक्तिको सही सदुपयोगले मानिसलाई प्रसिद्घ बनाउँछ । पवित्र विचार तथा स्वच्छ व्यवहार प्रदर्शन गर्ने र नैतिक अनुशासनमा बस्ने व्यक्ति नै शक्तिशाली हुने गर्छन् । शक्तिले मानिसमा प्रसन्नता दिलाउँँछ त्यसैले मानिसले नैतिक अनुशासनभित्र रही शक्ति आर्जन गर्नुपर्ने शोकी कृतिमार्फत तर्क गर्छन् ।
चेतना प्रज्वलित भएपछि विपना पनि शिक्षक बन्दै जान्छ । अन्तस्करणको आँखा जति उघा¥यो, त्यति नै चेतना फैलँदै जान्छ र त्यही चेतनाले स्वच्छ विचार जन्माउँछ । परिस्थितिसँग जुध्न संकीर्ण विचारधारा त्याग्नुपर्छ । मानिसका हीन भावनाले अस्वस्थ विचार जन्माउने हुँदा अन्तर्मन सफा र स्निग्ध राख्नुपर्ने भाव कृतिमा पाइन्छ । संरचनाका दृष्टिले पुस्तक सबै जित्यौं, शान्तिको रूप झल्किन्छ, धर्म र आस्थालगायत ३२ वटा शीर्षकमा विभाजित छ । प्रत्येक शीर्षकमा थोरै विषयवस्तु समावेश गरिए पनि ती मानवजीवनको अर्थबोध गराउन उद्यत छन् ।
सरल भाषाशैलीमा संरचित कृतिभित्र हिन्दू, बौद्ध, मुस्लिमलगायत धर्मशास्त्रभित्रका अनुकरणी कथा समावेश गरी उनले आफ्ना दार्शनिक विचारलाई पुष्टि गर्न खोजेका छन् । विभिन्न धर्ममा प्रचलित यस्ता कथाले पुस्तकलाई अझ प्रभावकारी र रोचक बनाएको देखिन्छ ।
पुस्तकमा समेट्नुपर्ने विषयवस्तु भरपुर मात्रामा दिन नसकेको कताकता पाठकलाई आभास हुन सक्छ । तर, शिक्षा, स्वास्थ्य, समाजसेवालगायत हरेक क्षेत्रमा बढ्दो व्यापारीकरणले मानिसभित्र लोभानीपापानी बढ्दै गएको छ । मानिसले घरपरिवारप्रति देखाउनुपर्ने माया, जिम्मेवारी उत्तरदायित्व पनि बिर्सिंदै गएको परिप्रेक्ष्यमा यस कृतिले मानिसलाई असल बाटोमा डो-याउने जमर्को गरेको छ ।






