काठमाडाैं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।
प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु याैन कार्य गर्दा गर्दै पक्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीकाे भनाइ छ ।
गस्ती गएको प्रहरीले गाडीभित्र निर्वस्त्र अवस्थामा एक महिला र पुरुषहरुलाई देखेका थिए । याैन कार्यमा मन्त्रालयकै कर्मचारी थिए वा अन्य प्रहरीले खुलाएकाे छैन । नेपालमा गाडी भित्र याैन कार्यमा संलग्न जाेडी पक्राउ परेकाे याे पहिलाे घटना भने हाेइन । पाँच वर्ष अघि चितवन प्रहरीले एक माेडललाइ गाडी भित्रै रंगेहात पक्राउ परेकाे थियाे ।
तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)