कालोबजारीले बजारमा कृत्रिम अभाव

काठमाडौं । पछिल्लो समय आमउपभोक्ता कोरोना भाइरस संक्रमणको त्रासमा रहेको मौका छोपी व्यापारीले दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव सिर्जना गर्न थालेका छन् । त्यस्ता व्यापारीले विभिन्न अफवाह फैलाएर दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने काम गरे पनि सरकारले अनुगमन प्रभावकारी बनाउन सकेको छैन् ।

व्यापारीले यही बहानासँगै वस्तुको मूल्यवृद्धि समेत गर्न थालेका छन् भने उपभोग्य वस्तु लुकाउनसमेत थालेका छन् । उता उपभोक्ताहरू कोरोना संक्रमणका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन सक्ने त्रासले आवश्यकभन्दा बढी सामान मौज्दात राख्न थालेका छन् ।

दैनिक खाद्य वस्तु चामल, तेल, दाल गेडागुडीलगायतका समान खरिद गर्नेको बजारमा भिड लाग्न थालेको छ । हल्लाका भरमा आवश्यकभन्दा बढी सामान खरिद गरी घरमा थन्काउँदा बजारमा कालोबजारी मौलाउन थालेको उपभोक्ताकर्मीको भनाइ छ ।

कृत्रिम अभावको हल्ला फिँजाइएको तर अहिले बजारमा कुनै पनि वस्तुको अभाव नभएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले भने ‘यदि देशमा संकट सिर्जना भए पनि ६ महिनासम्मका लागि खाद्यान्न मौज्दात भएकाले आत्तिनुपर्दैन ।’

अहिले उपभोक्ताले हल्लाको भरमा अनावश्यक वस्तु घरमा थुपार्नुपर्ने आवश्यकता नरहेको अध्यक्ष श्रेष्ठले बताए । हल्लाको भरमा अनावश्यक वस्तु घरमा थुपार्दा उपभोक्ता आफैंलाई घाटा पर्ने श्रेष्ठको भनाइ छ । अध्यक्ष श्रेष्ठले कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारले तत्काल ठूला थोक व्यवसायीदेखि साना व्यवसायीसँग छलफल गरी देशभरको खाद्यान्न अवस्थाको जानकारी लिई उपभोक्तालाई सचेत गराउनुपर्ने आवश्यकता औंल्याए ।

सरकारी निकायले नै जारी गरेको सूचनाले उपभोक्ता त्रसित हुँदा बजारमा दैनिक उपभोग्यवस्तुको कृत्रिम अभाव सिर्जना गर्ने काम भएको उपभोक्ताकर्मीको भनाइ छ । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले उपभोक्ता त्रसित भएर आवश्यकभन्दा बढी खाद्य बस्तु खरिद गर्ने क्रम बढेकाले कालोबजारी मौलाएको बताए । सरकारी निकायको अनुगमन फितलो हुँदा उपभोक्ता ठगिने क्रम बढेको उनको दाबी छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सरोकारवाला निकायसँग छलफल गरी बजारमा कृत्रिम अभाव सिर्जना हुन नदिइने बताए । महानिर्देशक सुवेदीले हल्लाका भरमा खाद्यन्न अभाव हुन्छ कि भन्ने डरले आवश्यकभन्दा बढी दैनिक उपभोग्य वस्तु खरिद नगर्नसमेत उपभोक्तालाई आग्रह गरे ।

तपाइको प्रतिक्रिया
(Visited 179 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी