साफ च्याम्पियनशीप: नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दै

माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनशीप अन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । आफु भन्दा धेरै बलियो टोली भारतसँग नेपालले आज प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको खेलमा नेपालले भारतसँग बराबरी मात्र खेलेपनि साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पुग्नेछ । यस अर्थमा पनि आजको खेललाइ महत्वपुर्ण रुपमा हेरिएको छ ।

नेपालले हालसम्म साफमा दुइ खेलमा जीत निकाल्दै ६ अंकसहित शिर्ष स्थानमा रहेको छ । भारत भने २ खेलमा बराबरी खेल्दै चौथौ स्थानमा रहेको छ । भारत यसअघिको ७ पटकसम्मको साफ विजेता हो भने नेपालले अहिलेसम्म साफको उपाधि जीत्न सकेको छैन ।

भारतविरुद्ध नेपालले हालसम्म खेलेको २१ खेलमा भारतले १४ खेल जितेको छ भने नेपालले दुई खेल जित्दा ५ खेल बराबरी खेलेको छ । खेल नेपाली समय अनुसार आज बेलुकी ९:४५ बजे खेल हुँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

epaper

ताजा समाचार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय, तर जाने छैनन् तत्काल जेल