घान्द्रुक दुर्घटनामा ८ जनाकाे मृत्यु, एकजना भीरमा खसेर बाँच्न सफल

पोखरा । कास्कीको घान्द्रुकमा जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जिप दुर्घटना हुँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

नयाँ पुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जिप हुदु भन्ने डाँडाबाट एक सय मिटर तल खसेको हो । जिपमा नौजना सवार रहेकोमा एकजना महिला भीरमा खसेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ ।

सबै शव पोष्टमार्टमका लागि गण्डकी अस्पताल पठाइसकेको घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए ।

‘एकजना महिला बाँच्न सफल हुनुभएको छ । अरु सबैको घटनास्थलमै मृत्यु भयो,’ उनले न्युज कारखानासँग भने, ‘पोष्टमार्टमका लागि गाडीमा हालेर गण्डकी अस्पताल पठाएका छौं ।’ उनीहरू दसैंको समयमा काठमाडौंबाट घुम्न आएका थिए ।

मृत्यु हुनेमा एकजना जिप चालक खुशीमान क्षेत्रीको पहिचान भएको छ भने अरुको पहिचान हुने क्रममा रहेको प्रहरीले जनाएको छ । शवहरू चिन्ने अवस्थामा समेत नरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी