दसैँ अवधिभर कस्तो छ मौसम ?

काठमाडौं । देशभर आज मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएको जनाएको छ । यससँगै नेपालीहरुको महान चाड विजयादशमी अवधिभर मौसम सफा रहने प्रक्षेपण छ ।

विभागकाअनुसार आज प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने छ । प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

टीकाको दिन भोलि शुक्रबार प्रदेश १ र बाग्मती प्रदेशका केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागको प्रक्षेपण छ ।

टीकाको भोलिपल्ट शनिबार प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशको केही स्थानबाहेक देशभर मौसम सफा रहने विभागले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको मेयरका लागि सिर्जना सिंहले अघि सारिन् सात संकल्प