विरानटगर । अविरल वर्षापछि विराटनगर विमानस्थलमा बाढी पस्दा हवाई उडान प्रभावित भएका छन् । विमानस्थलमा बाढी पसेकाले आजका सबै उडान रद्ध भएको वायुसेवा कम्पनीहरुले बताएका छन् ।
बुद्ध एयरले आजका लागि तय भएका काठमाडौं–विराटनगरका सबै उडान रद्ध गर्नु परेको जानकारी दिएको छ भने यति एयरले पाँच उडान प्रभावित हुने जानकारी दिएको छ । आज विराटनगरका लागि कुनै पनि उडान हुने सम्भावना नरहेको यती एयरका प्रवक्ता सुदर्शन बटलाले जानकारी दिएका छन् ।
अविरल वर्षा र बाढीले विमानस्थलको टर्मिनल भवन र रनवेमा पानी जमेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)






