काठमाडौँ। परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनले गतसाता कक्षा ६ र ७ कक्षाका विद्यार्थीहरुको कक्षा परीक्षा लिएकी थिइन् । पीडित विद्यार्थीहरुका भनाइअनुसार उनले त्यहीबेला परीक्षामा राम्रो नम्बर नल्याउने विद्यार्थीहरको हात चिरिदिने चेतावनी दिइकी थिइन् ।
कक्षा परीक्षाको पुलमाक्र्स २० र पासमाक्र्स ८ तोकिएको थियो । परीक्षमा राम्रो नम्बर नल्याएको भन्दै उनले विहीबार विद्यार्थीहरुलाई बेञ्चमा उभ्याएर सिसाकलम तिखार्ने ब्लेडले आफ्नो हात आफै चिर्न निर्देशन दिएकी थिइन् ।
निर्देशन नमाने आफै चिरिदिने धम्की दिएपछि विद्यार्थीहरुले आफ्नो हात आफै चिरेका पीडित विद्यार्थीहरुले बताएकाछन् । । कक्षा ६ मा अध्ययनरत २५ र सातमा अध्ययनरत नौ विद्यार्थीको हातमा चिरिएको छ ।






