नेपाल तामाङ महिला घेदुङ पोखरा महानगरमा अध्यक्ष पवित्रा थोकर

पोखरा । ‘तामाङ महिला सशक्तिकरण, हाम्रो अभियान’ नाराका साथ नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर कमिटी गठन भएको छ । पोखरा १३ संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिमा आयोजित महानगर कमिटी भेला तथा मिस तामाङ पोखरा २०२० का विजेतालाई सम्मान कार्यक्रममा शनिवार पवित्रा थोकर तामाङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो।

महानगर कमिटीको उपाध्यक्षमा जयन्ती मोक्तान तामाङ, सचिवमा निमा लामा तामाङ, सहसचिवमा लक्ष्मी ब्लोन तामाङ, कोषाध्यक्षमा सुशिला तामाङ, सहकोषाध्यक्षमा चन्द्रावती थोकर तामाङ र सदस्यहरुमा सरु तामाङ, बेली चमेली तामाङ, अञ्जु तामाङ, मुगा तामाङ, बुद्धिमाया तामाङ, बिष्णु तामाङ र सुकमाया तामाङ रहनुभएको छ भने केही तामाङ इकाईहरुबाट प्रतिनीधि समावेश गरिने भएको छ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य धनमाया लामाले गुमेको तामाङ राज्य पुर्नस्थास्पित नगरेसम्म तामाङले पहिचान, अधिकार, समानुपातिक प्रतिनीधित्व, तामाङ जातिय मौलिकताहरुको संरक्षण र विकास गर्न नसक्ने बताउनुभयो। पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेको नभई तामाङ लागयत आदिवासी जनजातिको राज्यहरु कब्जा गरेको आरोप लगाउनुहुदै काभ्रेको तेमाल केन्द्र रहेको तामसालिङ राज्य लुटिएसँग तामाङ समुदायका सम्पुर्ण अधिकार खोसिएको बताउनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना पश्चान तमु ल्होछार, सोनाम ल्होछार, ग्याल्पो लोसार विदा लगायतका साँस्कृतिक पर्वहरु विगतका जस्तै ओली सरकारले खोस्ने र लुट्ने क्रमलाई निरन्तरता दिएको उहाँको ठोकुवा थियो।

प्रमुख अतिथि सांसद लामाले अब तामाङहरु राज्यको कार्यकारी तहमा पुग्नुपर्दछ र त्यसका लागि आर्गबाट गृहकार्य गर्न जरुरी रहेको बताउनुभयो। कार्यकारीमा नपुगेसम्म पहिचानसहितको संघीयता, तामसालिंग, तमुवान पाइदैन, राज्यसत्तमा महिलाको सहभागीताको अधिकार स्थापित हुदैन, पैत्रिक सम्पत्ति र शिक्षामा महिलाको समान अधिकार प्राप्त गर्न नसकिने मात्रै होइन मुलुक समृद्धितर्फ लम्कने नसक्ने उहाँको भनाई थियो।

नेपाल तामाङ महिला घेदुङ कास्कीद्धारा आयोजित कार्यक्रममा मिस तामाङ पोखरा २०२० का विजेता शशिकला तामाङ, फस्ट रनर अप सलिना तामाङ, सेकण्ड रनरअप रेनु तामाङ, भ्युवर च्याइस प्रिन्स तामाङ र कार्यक्रम संयोजक कविता योञ्जनलाई सम्मान गरिएको थियो।

महिला घेदुङ कास्कीकी कावा अध्यक्ष पवित्रा थोकर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार कुमबहादुर तामाङ, मिस तामाङ पोखरा २०२० विजेत शशिकला तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर कमिटी अध्यक्ष टेकबहादुर तामाङ, महिला घेदुङ कास्की सल्लाहकार योसरी तामाङ, नमो बुद्ध जम्बोलिङ इकाईका गौमती तामाङ लागयतले शुभकामना व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा सरस्वती देवकोटाले कोरोना भाइरस सम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो। उक्त कार्यक्रममा जिल्ला सदस्य जयन्ती मोक्तानले स्वागत र निमा तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो।

तपाइको प्रतिक्रिया
(Visited 867 times, 1 visits today)

epaper

ताजा समाचार

मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु