बालिका करणी गरेको अभियोगमा युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी सप्तकोसी नगरपालिका–१ फत्तेपुर खोरिया टोल घर भई हाल त्रियुगा नगरपालिका–८ शाहीखोला बस्ने २० वर्षीय दिलु रोक्का रहेका छन् ।

रोक्काले बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेर थप अनुसन्धान थालिएको जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 298 times, 1 visits today)

epaper

ताजा समाचार

ब्रड पिकमा शव भेटिकामध्ये दुई जनाको पहिचान खुल्यो