विज्ञापन दिवसमा अध्यक्ष शेरचनको स्मरण

काठमाडौ । विज्ञापन बोर्डले विज्ञापन दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्दै वोर्डका सदस्य एवं राजधानी दैनिकका संस्थापक अध्यक्ष स्व. महेन्द्र शेरचनको स्मरण गरेको छ ।

बोर्डले सोमबार आयोजना गरेको कार्यक्रममा बोर्डका सदस्य शेरचन प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो । त्यस क्रममा बोर्डका अर्का सदस्य स्व.चन्द्रप्रसाद न्यौपाने प्रति पनि एक मिनेट मौनधारण गरेर स्मरण गरियो ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विज्ञापन बोर्डले तयार पारेको विज्ञापन आचारसंहिता २०७८ सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्च्छ ,पादरर्शी, व्यवसायिक र विकृति रहित बनाउन आचारसंहिता सहयोगी हुने बताए । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रणल नभई नियमन गर्न चाहेको उनले स्पष्ट पारे। कार्यक्रममा मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले व्यवसायिक समस्या समाधान गर्न मन्त्रालय तत्पर रहेको बताए । त्यस्तै विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन बोर्डले आचारसंहितालाई दुई महिना भित्र अन्तिम रुप दिने र आगामी वर्ष भित्र विज्ञापनको राष्ट्रिय नीति ल्याइने जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विज्ञापन बोर्डले गरेको प्रयासको सम्झना गर्दै भविष्यमा नीजि क्षेत्रसँग समन्वय गरि अघि बढ्न आग्रह गरे। मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सरकारी विज्ञापनको एकद्धार नीति र विज्ञापन बोर्ड मार्फत गर्ने गराउने ऐनको व्यवस्था कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याए। यस्तै विज्ञापन संघ नेपालका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापन बोर्डमा विज्ञापन संघको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले साना सञ्चारमाध्यमको हीतको सरंक्षण र पत्रकारको सुरक्षामा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 288 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै