महाधिवेशन केही दिन पछि सार्न सभापति देउवाको निर्देशन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको कार्यतालिका संशोधन गर्न निर्देशन दिएका छन् । सभापति देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४औँ महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका हुन् ।

सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र निर्वाचन समितिका सदस्यहरूबीचको छलफलमा आज सभापति देउवाले निर्वाचन समितिलाई मंसिरभित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको भन्दै कार्यतालिका संशोधनका लागि निर्देशन दिएका हुन् ।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार तिहारपछि क्रियाशील विवाद कायम रहेका जिल्लाको समस्या समाधान गरेर अधिवेशन हुन बाँकी स्थानीय तहका अधिवेशन सम्पन्न गर्ने र महाधिवेशनको मिति केही दिन पछि सार्ने योजनामा कांग्रेस रहेको छ । नेपाली कांग्रेसले १४औँ महाधिवेशन आगामी ९ देखि १२ मंसिरसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य