घरमै बेहोस भएर लडेपछि सीपी गजुरेल अस्पताल भर्ना


काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

epaper

ताजा समाचार

दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण